

चर्चित निर्देशक सुरज सुब्बा 'नाल्बो'का छोरा निर्देशक बनेका छन् । छोरा योदिन लिम्बु 'नाल्बो'ले म्युजिक भिडियोको निर्देशन गरेका हुन् । योदिनले निर्देशन गरेको म्युजिक भिडियोमा सुरजकी छोरी लाजिमा लिम्बुले अभिनय गरेकी छिन् ।

प्रधानमन्त्री केपी ओलीले देशलाई तुइन मुक्त गर्ने घोषणा गरिरहेका बेला `तुइन` नामक फिल्म निर्माणको घोषणा गरिएको छ । अन्तराष्ट्रिय सृजनशिल समता फाउन्डेसन अमेरिका र सृजना उप्रेतीको लगानीमा उक्त फिल्म निर्माण गर्न लागिएको हो ।

रेखा फिल्मस् भन्दा बाहिरी ब्यानरका फिल्म नगर्ने बताउँदै आएकी अभिनेत्री रेखा थापाले कृषा चौलागाइले निर्माण गरेको फिल्म 'पलाँस'मा अभिनय गरेकी छिन् । जेठको पहिलो साताबाट सुरु भएको यो फिल्मको छायाँकन ३२ औं दिनमा सकिएको छ ।

अभिनयका धनी सौगात मल्ल गरिबहरूको खुसी देख्न चाहन्छन् । तिनै गरिबहरूप्रति माया, सद्भाव र सहयोग राख्ने खालकी प्रेमिकाले सौगातको मन जित्न सक्नेछिन् ।


