मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

हाँस्य कलाकार आरपी भट्टराईको निधन

फिल्मीखबर, काठमाडौं, 2016/12/09
सानो पर्दाका लोकप्रिय अनि चर्चित कलाकार रुद्र प्रसाद (आरपी) भट्टराई 'रादाराम' को निधन भएको छ । विराटनगर स्थित फुपुको घरमा विहान उनि मृत भेटिएको बताईएको छ । बिहिबार सांझ  खाना खाने गरी उनि फुपुकोमा पुगेका थिए । 
 
 
सामाजिक सञ्जालमा आरपीको निधनको बारेमा हो र होईन बिषयमा वादविवाद निस्किएपनि फिल्मीखबरलाई प्राप्त तश्विरबाट आरपीले यो संसार छाडेको अब पुष्टि भएको छ ।
 
रादारामले गरेको 'तीतो सत्य'को अभिनय निकै हिट हो भने त्यसको अलवा पनि उनले केहि फिचर फिल्ममा समेत काम गरिसकेका छन् । मोटो शरिरका कारण सदैं चिन्तित देखिने उनि सुगरको रोगका कारण अस्वस्थ समेत रहेको बताईन्छ । ४२ बर्षका आरपीको परिवारमा श्रीमती र २ छोरा रहेका छन् ।
 
यतिबेला उनको परिवारका सदस्यलाई पार्थिव शरिर रहेको ठाउँमा बोलाउने काम भईरहेको बुझिएको छ ।