मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

छायाँकन सुरु नहुँदै लफडामा 'प्रेमगीत २', निर्माता र संगीतकारबीच ब्रेकअप

फिल्मीखबर, काठमाडौं, 2016/12/09
आउँदो सोमबारबाट फिल्म 'प्रेमगीत २' फ्लोरमा जाँदैछ । तर छायाँकनको पुर्व सन्ध्यामा खटपट आएको छ कि निर्माण टिम र संगीतकारबीच ब्रेकअप भएको छ । 
 
'प्रेमगीत २' को लागी गीत संगीतको जिम्मा पाएका चर्चित संगीतकार अर्जुन पोखरेल र निर्माता सन्तोष सेनबीचको कुरा नमिलेपछि संगीतकारले हात झिकेको तर्क मिडियामा दिएका छन् भने सेनले भने आफुहरुले नै पोखरेललाई आउट गरेको दाबी गरेका छन् । 
 
खास तथ्य के हो भन्ने प्रश्नमा संगीतकार पोखरेलले निर्मातको किचकिच सहन नसकेर हात झिकेकोदाबी गर्दै अरु कुरा सन्तोष सेनसँग नै बुझ्न आग्रह गरे । तर उता निर्माता सेनले भने आफुहरुले दिएको समयसीमामा पोखरेलले काम नगरेको अनि गोपाल रसाईलीलाई एरेञ्ज गर्न दिने निर्णय भएको गीत पोखरेलले छलेर अर्कै मान्छेलाई काम लगाएपछि चित्त नबुझेर काम नगर्न आग्रह गरेको दाबी गरे । 
 
'प्रेमगीत २' मा सबैगीत मैले नै गर्न पाउनुपर्छ भनेर ढिपी कस्ने, दिएको काम समयमा नगरेपछि पोखरेललाई हामीले आउट गरेका हौं', सेनले दाबी गरे, 'उहाँ बाहेक अन्य संगीतकार राख्न नपाउने सहमति छैन र अन्य संगीतकारसँग काम गर्न पाउनु हाम्रो अधिकारको कुरा हो ।'
 
दुई गीतको लागी भनेर अग्रिम पारिश्रमिक भुक्तानी गरिसकेको भन्दै सेनले एक गीत छाडे पनि अर्को गीत भने आफुहरुले छाड्न नसक्ने भन्दै 'स्याड भर्सन'को एक गीतमा आफुहरुको ठूलो लगानी लागेको बताए । 'विकास वोर्डमा समेत उक्त गीत दर्ता भईसकेको छ, त्यो गीत उहाँले अरुलाई दिन मिल्दैन, सेनले भने, 'उहाँले नैतिकताको प्रश्न निकालेपछि हामीले पनि नैतिकताको अर्थ खोज्दै साईड लाग्न आग्रह गरेको हो ।'
 
रामशरण पाठकले निर्देशन गर्ने सिक्वेलको पहिलो भाग 'प्रेमगीत' गीतसंगीतकै कारण हिट बनेको थियो । 'प्रेमगीत'मा समावेश सबैजसो गीत दर्शकले मन पराएका थिए भने सोहि फिल्मका गीतबाट संगीतकार पोखरेलले धेरै अवार्ड समेत जितिसकेका छन् ।