मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अपडेटः दिवंगत आरपीको दाह संस्कार शुक्रबार नहुने

फिल्मीखबर, काठमाडौं, 2016/12/09

शुक्रबार बिहान विराटनगरमा निधन भएका कलाकार रुद्र प्रसाद (आरपी) भट्टराई 'रादाराम'को भोली मात्रै दाह संस्कार हुने भएको छ । उनका दुई छोरा तथा आमा काठमाडौंमा रहेको तथा भाई दिल्लीमा रहेको कारण आउन ढिला हुनेभएकोले भोलीमात्रै दाह संस्कार हुने देखिएक पारिवारिक श्रोतले पुष्टि गरेको छ । 
 
 
आरपीका दाजु हरि भट्टराईले फिल्मीखबरलाई दिएको जानकारी अनुसार एक भाई दिल्लीबाट आउँदै गरेको र टिकट  नमिलेका कारण दिउँसो २ बजे मात्र नेपाल प्रस्थान गर्ने छन् भने आमा र दुई छोरा काठमाडौबाट हिडिसकेका छन् । 
 
 
'रुद्रको श्रीमती भद्रपुर छिन्, उनि पनि आउँदैछिन्, परिवारका सबै सदस्य जम्मा भएपछि मात्र दाह संस्कारको तयारी गर्नेछौं, हरीले भावुक मुद्रामा भने । 'उनका अनुसार राती नौ बजेसम्म फुपुको घरमा सबैजना गफ गरेर बसेका थिए, आरपी हाँसो खुसीमै देखिएका थिए,  तर बिहान उठ्दा आरपीले संसार छाडिसकेका थिए ।
 
 
अहिले विराटनगरमा श्रद्धाञ्जलीको लागी आफन्त तथा शुभचिन्तकहरुको घुईंचो लागेको छ । फुपुको घरमा तुलसीको मठमा आरपीको पार्थिव शरीर राखिएको छ । 
तश्विरः विराटनगरबाट जतिन ताम्राकारको सहयोगमा