मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सञ्जयदत्तको कमब्याक फिल्म रिलिज तय, दोश्रो विकेण्ड भिडन्त शाहरुखसँग !

एजेन्सी, मुम्बई, 2016/12/09
वलिउड स्टार सञ्जयदत्त केहि महिना पहिले मात्र जेल जीवनबाट बाहिर आए । त्यसपश्चात फिल्ममा पुनरागमन गरिसकेका छन् । केहि बर्षको अन्तरालमा आउँदै गरेको उनको पहिलो फिल्मलाई करियरको सेकेण्ड ईनिङ भनिएको छ । कमब्याक फिल्म हो 'भूमी' । अब भने सञ्जयको कमब्याक फिल्मको रिलिज समेत तय भएको छ ।
 
 
निर्देशक ओमुङ कुमार अनि सञ्जयदत्तको तर्फबाट सार्वजनिक अफिसियल स्टेटमेन्ट अनुसार अर्को बर्ष अर्थात २०१७ को अगष्ट ४ मा आउनेछ । सञ्जयले अहिले आफ्नो भुमिकाको लागी तयारीमा रहेको भन्दै अर्को बर्षको सुरुवातमा नै फिल्म फ्लोरमा जाने बताए । 
 
यसैबीच यो फिल्म रिलिजको एक हप्तापछि अर्का स्टार शाहरुख खानको फिल्म 'दि रिङ' रिलिज क्यालेण्डरमा छ । त्यसैले फिल्म रा्रो बनेर दोश्रो हप्ता प्रवेश गर्दैगर्दा पर्दामा सञ्जय र शाहरुखको भिडन्त राम्रै हुनेमा शंका छैन् ।