Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.33/5.00)
Text size:-
+
-

'हिटलर' को गीतमा यसरी भित्रियो 'मःम र चाउमिन' ! (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2017/01/02
अर्को बर्षको जेठ १२ लाई प्रदर्न मिति तय गरेको फिल्म 'हिटलर'को लिरिकल अडियो गीत सार्वजनिक भएको छ । 'तिमी चाउमिन खाँदै, म मःम बजाउँदै' बोलको रोमान्टिक अडियो युट्युवबाट बाहिर आएको हो । 
 
 
दर्शकलाई 'क्याची' लाग्नसक्ने उक्त गीतमा लोचन घिमिरे र श्रेया सोताङको स्वर छ । शब्द तथा संगीत पनि लोचनले नै भरेका छन् । गीतको भिडियो भने अझै तयार भएको छैन् । 
 
सौरभ ढकाल निर्देशित फिल्म 'हिटलर'मा सोहित मानन्धर र नव अभिनेत्री समिया बर्तौलाको मुख्य भूमिका छ । अष्टनारायण पिक्चर्सले यो फिल्म निर्माण गरेको हो ।
 
 रोमान्टिक कथामा तयार भएको  फिल्मको छायाँकन (उल्लेखित गीत बाहेक) सकिएको छ । अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे फिल्मस्ले  फिल्मको निर्माणमा सहकार्य गरेका छन् ।
 
Most Visited News (monthly)