फागुनबाट फ्लोरमा जाने फिल्म 'ग्याङ्गस्टार ब्लूज'मा संयम पुरीको ईन्ट्री भएको छ । आना शर्मा, आशिरमान देशराज लिड अभिनयमा रहने भनिएको प्रोजेक्टमा यसअघि रोजिशा शाही अनुबन्ध भएकी थिईन् । अब संयम अनुबन्ध भएसँगै कास्टिङ लिड लाईनअप पुरा भएको छ ।
निर्माता सरोज न्यौपानेले फिल्मको कथा अनुसार संयमको आवश्यकता देखीँदै गर्दा सम्बन्धित पात्रमा फिट भएपछि उनलाई लिईएको बताए ।
तर अन्य सह पात्रको लागी भने निर्माण टिमले २५ गते अनामनगर स्थित मण्डला थिएटरमा अडिशन आह्वान गरेको छ । जहाँ फिल्ममा अभिनय गर्न चाहना जो कोहिले पनि सहभागीता जनाएर आफ्नो अभिनयको जाँच गराउन सक्नेछन् ।
निर्देशक हेमराज बिसी सहितको टोलीले कलाकारको खोजी गर्नेछ । त्यसपश्चात सम्पुर्ण कलाकार फाईनल भएसँगै पुनः वर्कसप पछि फ्लोरमा जाने निर्माता न्यौपानेले बताए ।
अर्को बर्षको भदौ २४ लाई फिल्मको रिलिज मिति तय भईसकेको छ । निर्माण घोषणाको लामो समयपछि फिल्म फ्लोरमा जान लागेको हो ।

