पछिल्लो डेढ बर्षयता अमेरिका बस्दै आएका अभिनेता मुकेश ढकाल स्टारर फिल्म 'परिणाम' रिलिजको लागी तयार भएको छ । निर्माण भएको करिब २ बर्ष हुँदै गर्दा निर्माण टिमले माघ २१ लाई रिलिज 'लक' गर्दै प्रचारमा जुटेको हो ।

फिल्मका निर्माता तथा निर्देशक हरि पराजुली हुन् । पदम निरौला कार्यकारी निर्माता छन् । राजधानीमा सोमबार आयोजित एक कार्यक्रमक बीच पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रचार थालनी गरियो ।
कार्यक्रममा निर्देशक पराजुलीले फिल्मलाई नारी प्रधान बोले । जहाँ मुकेशसँगै सारिका घिमिरे र झरना रिसाल लिड अभिनयमा छन् । अभिनेता ढकाल देश बाहिर रहेको फाईदा दुई अभिनेत्रीलाई पर्यो । मिडियाको क्यामेरामा उनिहरु एक्लै कैद भए ।
किसन सुनार, असिम शेर्पा, मुक्ति उपाध्याय, दिलकुमार क्षेत्री, चन्दन गोस्वामी, संजय न्यौपानेलाई पनि फिल्ममा देख्न सकिनेछ । माधव शर्माको पटकथा तथा संवाद रहेको फिल्ममा कुामर महर्जनको एक्सन छ भने शिव ढकालको छायाँकन छ ।

