Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(9 votes, avg 3.11/5.00)
Text size:-
+
-

निशा र ओशिमासँग दोहोरो प्रेममा हसन, यस्तो बनेर आयो 'रोमियो' टिजर (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2017/01/01
अर्को बर्षको बैखाख २९ लाई प्रदर्शन मिति तय गरेको फिल्म 'रोमियो' को टिजर सार्वजनिक गरिएको छ । प्रेमकथाको उक्त फिल्मको टिजरमा पनि लिड कलाकारको प्रेमभाव अनि रोदन र द्वन्द्व समावेश छ । 
 
 
टिजर नियमित रुपमा सार्वजनिक हुँदै आएका फिल्मका ट्रेलर भन्दा पनि लामो  छ । २ मिनेट लामो टिजरमा 'बाँबरी' बोलको गीतलाई खास प्राथमिकता दिईएको छ ।
 
 
हसन खान, निशा अधिकारी, मेलिना मानन्धर र ओशिमा बनु फिल्मका लिड कलाकार हुन् । टिजर हेर्दा फिल्मको उच्च मेकिङ भेट्न सकिन्छ । शंकर कार्की फिल्मका निर्माता हुन् ।
Most Visited News (monthly)