अर्को बर्षको बैखाख २९ लाई प्रदर्शन मिति तय गरेको फिल्म 'रोमियो' को टिजर सार्वजनिक गरिएको छ । प्रेमकथाको उक्त फिल्मको टिजरमा पनि लिड कलाकारको प्रेमभाव अनि रोदन र द्वन्द्व समावेश छ ।
टिजर नियमित रुपमा सार्वजनिक हुँदै आएका फिल्मका ट्रेलर भन्दा पनि लामो छ । २ मिनेट लामो टिजरमा 'बाँबरी' बोलको गीतलाई खास प्राथमिकता दिईएको छ ।
हसन खान, निशा अधिकारी, मेलिना मानन्धर र ओशिमा बनु फिल्मका लिड कलाकार हुन् । टिजर हेर्दा फिल्मको उच्च मेकिङ भेट्न सकिन्छ । शंकर कार्की फिल्मका निर्माता हुन् ।