राजधानीको पाँचतारे होटल अन्नपूर्णमा नेपाली चलचित्र क्षेत्रका ४० बढि चर्चित कलाकारहरु रनवेमा उत्रिएका छन् । पूनम इन्टरटेन्मेन्ट र नायिका गौरी मल्लको संयुक्त आयोजनामा भएको ‘डे सेलिब्रेटी रनवेमा’ नेपाली फिल्मकी पहिलो अभिनेत्री भूवन चन्ददेखि श्रृष्टी श्रेष्ठ, बर्षा राउत, अनुभव रेग्मीसम्म र्याम्पमा उत्रेका थिए । हरेक कलाकार र्याम्पमा आउँदा उनीहरुले अभिनय गरेका चलचित्रको गीत बजाइएको थियो ।
जहाँ देखिएका पाँच रोचक दृश्यः

१: रनवे मा नेपालकी पहिलो अभिनेत्री भूवन चन्ददेखि पछिल्लो पुस्ताका कान्छा कलाकार अनुभव रेग्मीसम्म देखिए । तीन पुस्ताको उपस्थितीले गर्दा हिजोदेखि आजसम्मको समग्र नेपाली फिल्म उद्योगको प्रतिनिधित्व झल्कियो ।
२:
.jpg)
अभिनेत्री रेखा थापाले आफ्ना फिल्मका देखि देशभक्ती बोल्ने गीत प्रस्तुत गरिन् । कतिले रेखा गायनमा पनि उत्तिकै अब्बल भने त कतिले सुरताल नमिलेको भन्दै उनको गायनको व्यङ्ग्य गरे ।
३:

कलाकार सन्दीप क्षेत्रीको हाँस्य प्रहसन कार्यक्रम भरीको हटकेक बन्यो । उनले आफ्नो करिब आधा घण्टा लामो प्रस्तुतीमा रेखादेखि भुवन केसी हुँदै पत्रकारसम्मलाइ व्यङ्ग्य प्रहार गरे ।
४:

हरेकजसो कलाकार र्याम्पमा उत्रिँदा उनिहरुसँग सम्बन्धित फिल्मको गीत प्रस्तुत गरियो । जहाँ अभिनेता भुवन केसीको नेपाली बाबु अनि अभिनेत्री निर्देशक दिपाश्री निरौंलाले 'सुर्के थैली' गीतमा र्याम्पमै नृत्य गर्दा उपस्थित सबैले फरक स्वाद लिए । ताली र हुटिङले साथ दिए ।
५:

अभिनेत्री तथा पुर्व मिस नेपाल सृष्टि श्रेष्ठले ड्रेसको बारेमा गरेको विवाद व्याक स्टेजबाट बाहिर आयो । उनलाई तयार पारेको ड्रेस अभिनेत्री चाँदनी शर्माले पहिरेको कुराले विवाद बनेको कुरा पनि चर्चामा रह्यो, मिडियामा गसिप बनिरह्यो ।
https://www.youtube.com/channel/UC2IWyIhPMTyyqgJG_wBoHtg

