Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 139 - 144 of 24136
फिल्मीखबर, काठमाडौं, 2026-08-10, सोमवार

२०७९ सालमा प्रदर्शन भएको फिल्म ‘झिँगेदाउ’लाई देउरानी र जेठानीको झगडाले नै सुपरहिट बनायो । अब यो फिल्मको दोस्रो श्रृंखला (सिक्वेल) असोज २ गतेबाट प्रदर्शनमा आउँदैछ । गत बुधबार सार्वजनिक भएको टिजर हेर्दा सिक्वेलले पनि दर्शकलाई आकर्षित गर्ने छनक देखाएको छ । घरायसी झगडादेखि भावनात्मक पक्षसम्म टिजरमा सशक्त देखिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2026-08-10, सोमवार

यस वर्षको दोस्रो ब्लकबस्टर फिल्म ‘गौँथली’ले प्रदर्शनको २४ दिनमै ठूलो व्यावसायिक उपलब्धि हासिल गरेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको सिनेपाः बक्स अफिसको विवरणअनुसार फिल्मले हिजो आइतबार (२४ साउन)सम्म १९ करोड ७१ लाखभन्दा बढी कमाइ गरेको छ । योसँगै ‘गौँथली’ सर्वाधिक कमाउने चौथो नेपाली फिल्म बनेको छ । 

फिल्मीखबर, काठमाडौं, 2026-08-10, सोमवार
फिल्मीखबर, काठमाडौं, 2026-08-09, आईतवार

गत साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘गौँथली’को सुनामी अझै रोकिएको छैन । प्रदर्शनको चौथो सातामा आइपुग्दा पनि फिल्मले सार्वजनिक विदा र ‘हाफ टिकट डे’मा १ करोडमाथि कमाइ गरिरहेको छ । हिजो शनिबार मात्र फिल्मले १ करोड ६३ लाख रुपैयाँ ग्रस कमाइ गर्‍यो । आइतबार पनि विदा रहेकाले १ करोड हाराहारी व्यापार हुने देखिन्छ । 

फिल्मीखबर, काठमाडौं, 2026-08-09, आईतवार

अभिनेत्री प्रियंका कार्कीले पहिलो पटक निर्माण गरेको फिल्म ‘मास्टर्नी’ आगामी भदौ ५ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा उनी स्वयं मख्य भूमिकामा छिन् । फिल्मको निर्देशन भने शुभेन्दु घोषले गरेका हुन् । उनी बंगाली भाषी निर्देशक हुन् । यसअघि उनले अभिनेता जितु नेपालले निर्माण गरेको फिल्म ‘आइएम जितबहादुर’ बनाएका थिए । 

Results : 139 - 144 of 24136