
गोपालचन्द्र लामिछानेको निर्देशनमा बन्ने फिल्म 'लम्फू'को कास्टिङ लाईनअप पुरा भएको छ । यसअघि नै निर्देशक सुदर्शन थापा लिड अभिनयमा रहनेगरी फिल्मको छायाँकन सुरु हुँदै गर्दा काम नै रोकिएको थियो ।

फिल्म वितरक तथा निर्माता सुनिल मानन्धर पितृ शोकमा परेका छन् । मानन्धरका पीता श्याम बहादुर मानन्धरको आईतबार आफ्नै निजी निवास वालुवाटारमा निधन भएको हो ।

केहि दिन पहिले सार्वजनिक 'साइली' बोलको गीतले बजार पिट्यो । यतिबेला सामान्य चिया पसलदेखि तारे होटलसम्म यो गीतको चर्चा छ । कैयौं नेपालीहरुको पारिवारिक अनि सामाजिक पीडा बोलेको यो गीतले सामाजिक सञ्जालमा पनि उत्तिकै चर्चा पाईइरहेको छ । हप्ता दिनदेखि युट्युव ट्रेण्डिङमा नेपालमा एक नम्बर ओगटिरहेको छ ।

गत हप्ता रिलिज फिल्म 'डाइङ क्याण्डल' प्रदर्शनको दोश्रो हप्ता प्रवेश गरेको छ । रिलिज पहिले सम्पन्न प्रिमियरदेखि रिलिज पश्चात हेर्ने दर्शक सबैको मन जितेको फिल्मलाई नेपाली मल्टिप्लेक्समा दर्शकले वाहि दिईरहेका छन् ।

म्यानमार र थाइल्यान्डको छायाँकन सकाएर 'प्रेमगीत २' टिम देश फर्केको छ । अधिकांश दृश्य क्यामेरा कैद गरिसकेको निर्माण टिमले क्लाईमेक्स भने अब काठमाडौंमा खिच्नेछ ।


