मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

विदेशी दर्शक तान्न 'धनपति'को यो काइदा !

फिल्मीखबर, काठमाण्डौ, 2017/06/20
असार २३ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको फिल्म 'धनपति' ट्रेलरबाट नै प्रतिक्षित बनेको छ । यसअघि ‘पशुपतिप्रसाद’ निर्माण गरेकै ब्यानर टुकी आर्टस् र दीपेन्द्र के खनाल प्रोडक्सनले संयुक्त रूपमा बनाएको ‘धनपति’ मा पनि ‘पशुपति प्रसाद’ कै खगेन्द्र लामिछाने मुख्य भूमिकामा छन् । सुरक्षा पन्त, आशान्त शर्मा, मनीष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवि गिरी, कमल देवकोटा, प्रकाश घिमिरेको पनि फिल्ममा मुख्य भूमिका छ । 
 
नेपाली दर्शकलाई मात्र होइन विदेशीहरुलाई पनि हलसम्म तान्न यो फिल्म अंग्रेजी सव-टाइटलमा रिलिज हुने भएको छ । विस्तारै नेपाली फिल्मप्रति बढ्दै गएको विदेशीको चासोलाई मध्यनजर गर्दै 'धनपति' टिमले काठमाडौंको कुमारी हलमा मात्र अंग्रेजी सव-टाइटल राखेर फिल्म रिलिज गर्न लागेको हो । 
 
'फिल्मीखबर डटकम'सँग कुराकानी गर्दै निर्देशक दीपेन्द्र के. खनालले भने, 'नेपालमा लामो समयदेखि रहँदै आएका विदेशीहरुले नेपाली फिल्म हेर्न चाहेका कारण हामीले कुमारी हलमा मात्र अंग्रेजी सव-टाइटल राखेर 'धनपति' रिलिज गर्न लागेका हौं । विभिन्न कुटनीतिक नियोगका कर्मचारीहरुलाई अंग्रेजी सव-टाइटल नभएपछि नेपाली फिल्म हेर्न निकै गाह्रो हुँदो रहेछ । युट्युब, फेसबुक लगायतका सामाजिक सञ्जालमा विदेशीहरुले अंग्रेजी सव-टाइटलमा फिल्म 'धनपति' हेर्ने इच्छा व्यक्त गर्नुभएको छ । त्यसैले नै हामीले 'धनपति' अंग्रेजीमा सव-टाइटल राखेर रिलिज गर्न लागेका हौं ।' 
 
उनले नेपालको कला, संस्कृतिमा रुची राख्ने पर्यटकहरुले पनि नेपाली फिल्म हेर्न इच्छा व्यक्त गरेका कारण 'धनपति'लाई अंग्रेजी सव-टाइटलमा प्रदर्शन गर्न लागेको बताए । 
 
फिल्ममा सूर्य थोकरको एक्सन, आधासुरको संगीत, दिर्घ खड्काको सम्पादन, दीपेन्द्र के खनालकै छायांकन छ । ओम गुरुङ सहायक निर्माता रहेको फिल्ममा रजना नापित र समीर देवकोटा सह-निर्माताको रुपमा छन् ।