मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

अजय देवगनको ‘बादशाहो’ टीजर रिलिज

एजेन्सी, मुम्बई, 2017/06/20

बलीउडका चर्चित फिल्ममेकर मिलन लुथरियाको नयाँ फिल्म फिल्म ‘बादशाहो’ को टीजर सार्वजनिक भएको छ । यो फिल्ममा अभिनेता अजय देवगन र इमरान हाशमी मुख्य भूमिकामा छन् । फिल्ममा अजय देवगन, इमरान हाशमीका अलावा इलियाना डिक्रूज, ईशा गुप्ता र विद्युत जामवाल पनि मुख्य भूमिकामा छन् ।

टीजरमा अजय देवगन हरियाणवी अन्दाजमा देखिएका छन् । यस्तै, विद्युत जामवाल, ईशा गुप्ता र इलियाना डिक्रूज पनि दमदार भूमिकामा देखिएका छन् । टीजरमा सीरियल किसर इमरान हाशमीसँग सनी लियोनीको हट सिन पनि छ ।

केही दिन अगाडि यो फिल्मको पोष्टर बाहिरिएको थियो, जहाँ सबै कलाकारहरुको इन्ट्रोड्यूस गरिएको थियो । एक्सनले भरपूर यो थ्रिलर फिल्म एक सेप्टेम्बरबाट रिलिज हुँदैछ ।