मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

कमलमणी ‘लखपति माग्ने’

फिल्मीखबर, काठमाण्डौ, 2017/06/20
फिल्म ‘लखपति माग्ने’ निर्माण हुने भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो । हेटौडा मूभी मेकर्स टीम र ड्रिम वल्र्ड अफ फिल्म मेकर्सले यो फिल्म निर्माण गर्न लागेको हो । नेपालकै प्रथम नायिका भूवन चन्दले ‘लखपति माग्ने’को नाम लोकार्पण गरेकी थिइन् । 
 
सवनम मुखीयाको लेखन-निर्देशनमा ‘लखपति माग्ने’ बन्नेछ । भदौ पहिलो सातादेखी फ्लोरमा जाने बताइएको ‘लखपति माग्ने’ का लागि अहिले कमलमणी नेपाल र निरु खड्का मुख्य कलाकारमा फाइनल भएका छन् भने अन्यको छनौट चाँडै गरिने निर्देशक मुखीयाले जानकारी दिए । फिल्ममा सन्तोष श्रेष्ठको संगीत एवं शान्तिप्रियको गीत रहनेछ ।  कमेडी कथावस्तुमा निर्माण हुने फिल्मका निर्माता नरेन्द्र महर्जन र प्रकाशचन्द्र महर्जन हुन् । 
 
उक्त कार्यक्रममा फिल्म जुभिनाइलको दुई गीत पनि सार्बजनिक गरिएको छ । जुभिनाइल सवनमले नै निर्देशन गरेको लघु फिल्म हो ।