मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कसको मन मैलो भो, पल कि पूजाको ?

फिल्मीखबर, काठमाण्डौ, 2017/06/20
वर्ष २०७२ मा प्रदर्शनमा आएको सुपरहिट फिल्म 'प्रेमगीत' को र्शिष गीत सापटी लिएर निर्माण भएको यस वर्षको प्रतिक्षित फिल्म 'म यस्तो गीत गाउँछु'को नयाँ गीत रिलिज भएको छ । 'किन आजकाल' बोलको गीतमा अम्बिका शर्माको शब्द र अर्जुन पोख्रेलको आवाज र संगीत रहेको छ। गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ।
 
प्रेमभाव बोल्ने गीतमा पूजा र पलको केमेष्ट्री गज्जबकै देखिन्छ । ट्रेलर र 'भान्छु आज' बोलको गीतले नै बजारमा आफ्नो छुट्टै हाइप बनाइसकेको अवस्थामा यो गीतले पनि फिल्मको प्रमोसनमा ठूलो मद्दत गर्ने निर्माणपक्षको विश्वास छ । गीत हेर्दा के अनुमान लगाउन सकिन्छ भने पलदेखि पूजा रिसाएकी छिन् र पल पूजालाई फकाउन आफ्नो बाइकमा राखेर कतै घुम्न निस्किएका छन् । 
 
फिल्ममा पूजा र पलका अलवा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, विक्रम सेन, अर्जुन गुरुङलगायत कलाकारको अभिनय रहेको छ । सञ्जय लामाको छायांकन रहेको फिल्ममा प्रितम पाण्डेको सम्पादन छ । 
 
निर्देशक सुदर्शन थापाले दिनेश न्यौपानेसँगको सहकार्यमा पटकथा लेखेको हुन् । यो फिल्मलाई सुदर्शन र पूजाले संयुक्त निर्माण गरेका हुन् । यो फिल्म असार ३० गतेबाट अलनेपाल रिलिज हुँदैछ ।