
फिल्म निर्माण घोषणादेखि फ्लोरमा जाँदा सम्म मिडियामा चर्चा पाएको अनि धेरैले चासोको रुपमा लिईएको रोज राणाको निर्माण रहने 'मेरो पैसा खोइ'मा विवेक जोडिँदा धेरैले उक्त फिल्मलाई संभावनाको नजरले पनि हेरे । अब भने उक्त प्रोजेक्ट छायाँकन सरु भएको केहि दिनमै छाडेर विवेक देश फर्केका छन् ।

चैत्र ११ लाई प्रदर्शन मिति तय गरेको फिल्म 'निर्भय'को प्रेमभावको गीत रिलिज गरिएको छ । रिलिज आउन एक महिना मात्र रहँदा बुधबार फिल्ममा समावेश 'मेरो हर सासमा' बोलको गीत निर्माण टिमले बाहिर ल्याएको हो ।

निर्देशक निश्चल बस्नेतको स्वर समावेश 'लप्पन छप्पन' फिल्मको पार्टी गीत रिलिज भएको छ । दीपक आरजेको शब्त तथा संगीत समावेश गीत युवापुस्ता लक्षित छ ।

निखिलसँग कुरा गर्दा उनले अहिले पनि सामाजिक सञ्जालमा नहुँदा पछुतो नलागेको दाबी गर्छन् तर छिट्टै आउने समेत बोल्छन् । आफु सोसियल नेटवर्कमा सकृय नहुँदा पनि निखिल भने उल्लेखित नेटवर्ककै कारण तनाबमा छन्, कारण हो, उनको नाममा बनेका फेक आईडीहरु ।

बहु-प्रतिक्षित फिल्म 'लुट २' को बुकिङ खुल्ला गरिएको छ । शुक्रबारबाट रिलिज हुन लागेको फिल्मप्रति दर्शकको उत्साहपुर्ण क्रेज लाई मध्यनजर गर्दै मल्टिप्लेक्समा बुकिङ ओपन गरिएको हो ।

गत बर्ष माघ २१ मा 'क्लासिक' फिल्म रिलिज पश्चात अभिनेता आर्यन सिग्देल पर्दामा आएका छैनन् । कुनै फिल्म नगरेर बरु विदेशका स्टेज कार्यक्रमतिर व्यस्त बनेका आर्यनको बारेमा फिल्म, नपाएकोदेखि अरुको फिल्म नखेल्नेसम्मका अनेक गसिपहरु बने ।

