मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तश्वीरमा हेर्नूस् प्रेम र गीतको जोडी

फिल्मीखबर, काठमाण्डौ, 2017/06/20
यही साउन १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म हो 'प्रेमगीत २' । वर्ष २०७२ मा रिलिज भएको फिल्म 'प्रेमगीत'को सिक्वेल 'प्रेमगीत २' मा नायकमात्र दोहोरिएका छन् भने नायिका नयाँ छिन् । 'प्रेमगीत'मा प्रेमको भूमिका निर्वाहा गरेका प्रदीप खड्का 'प्रेमगीत २' मा पनि प्रेमकै भूमिकामा छन् । 'प्रेमगीत'मा गीतको भूमिका पूजा शर्माले निर्वाहा गरेकी थिइन् तर यसको सिक्वेलमा पूजाको ठाउँ अश्लेषा ठकुरीले लिएकी छिन् । अश्लेषाले 'प्रेमगीत २' मा गीतको भूमिका निर्वाहा गरेकी छन् । 
 
 
तपाईहरुले 'प्रेमगीत' हेर्नुभएको छ भने क्लाईमेक्स सिन त झन कसरी छुटाउनु भयो होला र ! फिल्मको अन्तिममा प्रदीप र पूजाले एउटा अग्लो भीरबाट झरेर आफ्नो प्रेमलाई अम्बर बनाएका छन् । तर, उनीहरु जीवित छन् वा मृत्यु भयो भन्ने चाहिँ 'प्रेमगीत'मा देखाइएको थिएन । हो, अब 'प्रेमगीत २' यहीबाट सुरु हुने बताइएको छ । 
 
 
सोमवार 'प्रेमगीत २' को ट्रेलर रिलिज कार्यक्रममा प्रदीपले नपत्याउने तरिकाले एउटा सस्पेन्स खोले । उनले भने, 'त्यो भीरबाट झरेर म मरेको पो हुँदिन कि ? मेरो सम्झने शक्ति हराउने पो हुन्छ कि ? अथवा नयाँ जन्म पनि हुन्छ कि ? उनको आसय बुझ्दा उक्त भीरमा खसेर पूजाको भने मृत्यु हुन्छ र उनको भने सम्झने शक्ति हराउँछ ।' तर, यो यर्थाथमै हो वा होइन त्यो बुझ्न भने हलसम्म नै जानु पर्ने प्रदीपको भनाई थियो । 
 
 
'प्रेमगीत २' मा म्यानमारबाट नेपाल घुम्न आएकी अश्लेषा र नेपालका प्रदीपबीचको प्रेमलाई पर्दामा उनिएको छ । फिल्ममा रेनेशा वान्तवा राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, कल्याण सिंह, एलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत छ । 'प्रेमगीत २' मा प्रदीप र अश्लेषाका अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको पनि अभिनय देख्न सकिन्छ । 
 
तश्वीर : विवेक बस्याल