मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

किन चल्नुपर्छ वर्षा र सुशीलका लागि 'कारखाना' ?

फिल्मीखबर, काठमाण्डौ, 2017/06/19
यही असार १६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म हो 'कारखाना' । 'होस्टेल रिर्टन्स'बाट नेपाली रजतपटमा भित्रिएका सुशील श्रेष्ठ र 'नाई नभन्नू ल २' बाट भित्रिएकी वर्षा सिवाकोटी अभिनित फिल्म 'कारखाना' लभस्टोरी र एक्सनप्रधान रहेको निर्माणपक्षको दाबी छ । फिल्ममा वर्षा र सुशीलका अलावा नविन लम्साल, जेविका कार्की, विकास उप्रेतीको अभिनय देख्न सकिन्छ।
 
'नाई नभन्नू ल', 'पशुपति प्रसाद', 'लप्पन छप्पन', 'सुब्बा साब' लगायतका फिल्ममा काम गरिसकेकी वर्षाले अझै पनि आफूलाई नायिकाको रुपमा स्थापित गर्न सकेकी छैनन् । 'नाई नभन्नू ल २' र 'पशुपति प्रसाद' ले व्यावसायिक सफलता हात पारेपनि त्यसले वर्षाको करिअरमा इट्टा थप्न खासै ठूलो मद्दत गरेन । 
 
आफू अभिनित फिल्ममा स्टारकास्ट नायकले गर्दा वर्षा बारम्बार ओझेलमा पर्ने गरेकी छिन् । अब वर्षालाई भर भनेपनि आश भनेपनि असार १६ गतेबाट रिलिज हुन लागेको फिल्म 'कारखाना' माथी नै छ । यो फिल्ममा वर्षा मुख्य भूमिकामा प्रस्तुत भएकी छिन् । त्यसैले 'कारखाना'को व्यापारिक रिपोर्टले वर्षाको करिअरका लागि ठूलो अर्थ राख्छ । यसकारण वर्षाका लागि 'कारखाना' चल्नै पर्ने देखिन्छ । 
 
त्यस्तै, नायक सुशील श्रेष्ठका लागि पनि 'कारखाना' विशेष छ किनकी 'होस्टेल रिर्टन्स'बाट उनले फिल्ममा डेब्यू गरेपनि अझै उनलाई नायकको रुपमा स्थापित गर्ने एउटा बलियो फिल्म आवश्यक परेको छ । हुनत, 'कारखाना' रिलिजपछि उनी अभिनित अर्को फिल्म 'सायद २' पनि प्रदर्शनमा आउँदैछ । 'सायद २' का लागि दर्शक तान्नपनि सुशील अभिनित फिल्म 'कारखाना' सफल हुन जरुरी छ । 
 
'फिल्मीखबर डटकम'सँग कुराकानी गर्दै नायक सुशील श्रेष्ठले फिल्म 'कारखाना'ले उठाएको विषयवस्तु अहिलेसम्म अन्य फिल्ममा दर्शकहरुले देख्न नपाएको दाबी गरे । उनले भने, 'मैले यसअघि फिल्ममा गरेको भूमिकाभन्दा 'कारखाना'मा निकै फरक छ । केही काम नगर्ने, साथीहरुसँग रमाइलो गर्नुपर्ने र साथीभाईका लागि जे पनि गर्न तयार हुने भूमिका मैले फिल्ममा निर्वाहा गरेको छु ।'
 
'कारखानाले तपाईलाई नायकको रुपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ला ?' भन्ने हाम्रो प्रश्नको उत्तर दिँदै सुशीलले भने, 'नायकभन्दा पनि कलाकारको रुपमा स्थापित गर्न चाहिँ 'कारखाना'ले महत्वपूर्ण भूमिका खेल्छ जस्तो लाग्छ किनभने यो फिल्ममा मेरो भूमिका विल्कुलै फरक छ ।' उनले 'कारखाना' महिलाप्रधान फिल्म रहेको पनि बताए । 
 
यो फिल्मको ट्रेलर र एक गीत रिलिज भैसकेको छ । 'मायाले' बोलको गीतलाई अहिले दर्शकहरुले निकै रुचाइरहेका छन् । विवाहको मण्डपबाटै भागेकी बेहुलीले त्यसपछि भोगेका र आइपरेका घटना र यात्रा दौरान जोडिने पात्रहरूसँगको अन्तरद्वन्द्वले निम्त्याउने समस्या र बाध्यतालाई फिल्मले समेट्न खोजेको बताइएको छ। दयाराम दाहाल, सुशील पोखरेल र अमरदीप सापकोटाको संयुक्त प्रयासमा लेखिएको पटकथालाई अमरदीपले नै निर्देशन गर्न लागेका हुन्।