मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'छक्का पन्जा २' को टीजर रिलिज, ४० अघि दीपकराजले घुमाउने

फिल्मीखबर, काठमाण्डौ, 2017/06/23
असोज ११ गतेबाट अल नेपाल रिलिज हुन लागेको गएको वर्षको सुपरहिट फिल्म 'छक्का पन्जा'को नेम सिक्वेल 'छक्का पन्जा २' को टीजर सार्वजनिक भएको छ । टीजरमा फिल्मका दुई मुख्य कलाकार बुद्धि तामाङ र दीपकराज गिरी देखिएका छन् । टीजरमा हेमन्त रानाको स्वरमा रहेको 'सुन साइँली' बोलको गीत समावेश छ । 'साइँली गीत' सुन्दै बुलेट बाइकमा बुद्धि तामाङ र दीपकराज गिरी हुकिँएका छन् । 
 
बुद्धिले राजा उर्फ दीपकराज गिरीसँग सोध्छन्,'एउटा कुरा सोधु राजा ।' दीपकराज गिरी भन्छन्, 'भन् ।' बुद्धि प्रश्न गर्छन, ‘यो साइँलीको पोइले त साह्रो टेन्सन पो दियो त हौउ । फेसबुक तिर जताततै ४० कटेसी फर्किएर आएर गाउँमा रमाउला पो भन्दैछन् त हौउ ?' बुद्धिको प्रश्नको उत्तर दिँदै दीपकराज भन्छन्, 'भनेर के भयो त्यो चालिस कटेपछि रमाउन्या हो त्योभन्दा अगाडि त मैले घुमाउन्या हो ।' बुद्धि, 'हैट । राजा त अहिलेसम्म सुध्रेको छैन कि क्या हो ?' दीपकराज भन्छन्, 'म सुध्रेको नसुध्रेको थाहा पाउन असोज ११ गते था'पाउन्या छ ।' 
 
यो टीजर फिल्म 'बाहुबली २' रिलिजको बखत काठमाडौंका अधिकांश मल्टिप्लेसमा रिलिज गरिएको थियो । 'छक्का पन्जा २'को केही दिन अगाडि मात्र छायांकन सकिएको हो । स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकालको मुख्य भूमिका रहेको यो फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, वुद्धि तामाङ, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको पनि अभिनय देख्न सकिन्छ । 'नाई नभन्नू ल' फेम निर्देशक विकासराज आचार्यको कथा रहेको यो फिल्ममा उनी नै कार्यकारी निर्माताको रुपमा रहेका छन् । फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । 
 
फिल्मको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक-दीपाको प्रस्तुतीमा तयार हुन लागेको यो फिल्ममा जीतु नेपाल, माग्ने बुढो डट कम, ताराचन्द्र चापागाँई , सुमन गिरीको लगानी छ ।