मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

सलमानको फिल्मलाई हल खाली

फिल्मीखबर, काठमाण्डौ, 2017/06/23
पछिल्लो केही महिनायता प्रत्येक हप्ता दुईवटा फिल्म एकसाथ हलमा लाग्ने गरेका छन् । कतिपय हप्ता त तीनवटासम्म फिल्म रिलिज हुने गर्छन । गएको शुक्रवार दुई फिल्म रिलिज भएका थिए 'तारेभीर' र 'किडन्याप' । तर, यी दुवै फिल्मलाई दर्शकको खडेरी लाग्यो । अर्थात्, दुवै फिल्म असफल भए । यो हप्ताबाट 'तारेभीर' र 'किडन्याप'ले दर्शक पाउने त झन कुरै भएन । किनकी आज शुक्रवारबाट बलीउडस्टार सलमान खान अभिनित फिल्म 'ट्युबलाइट' रिलिज भएको छ । 
 
महंगो रकम तिरेर नेपाल ल्याइएको सलमान खानको 'ट्युबलाइट'सँग नेपाली कुनै पनि फिल्म रिलिज भएका छैनन् । रिलिज हुने आँट पनि कसरि गरुन् किनभने सलमान खानको फिल्म नेपालका अधिकांश मल्टिप्लेक्स र सिंगल हलमा रिलिज हुन्छ । हुनत, यसअघि 'बजरंगी भाईजान', 'सुल्तान' लगायतका फिल्म रिलिज हुँदा पनि सलमानसँग भिड्न नेपाली कुनैपनि फिल्म हलमा लागेका थिएनन् । 
 
सलमान खानका फिल्म भनेपछि सिनेमा हलमा नेपाली दर्शकहरुको बाक्लो भिड लाग्ने भएका कारणले पनि नेपाली फिल्म रिलिज हुन डराउँछन् । तर, फेरि आफ्नै नेपाली फिल्मसँग भिड्न भन्ने निर्माताहरु गर्व अनुभव गर्छन । त्यसको परिणाम अपवादबाहेक नोकसान नै बेहोर्नु परेको छ । 
 
सलमान खानलाई यो हप्ताको शुक्रवार नेपाली निर्माताहरुले हल खाली छोडिदिएका छन् । अब सलमानले यो हप्ता नेपाली हलहरुमा एकलौटी राज गर्नेछन् । यसअघि सलमान खानलाई लिएर ‘एक था टाइगर’, ‘बजरंगी भाइजान’ बनाएका निर्देशक कविर खान निर्देशित यो फिल्मले भारत–चीन युद्धको बेलाको कथा भन्छ। फिल्मका निर्माता पनि सलमान खान नै हुन्। सलमान र उनका भाइ सोहेल खान फिल्ममा मुख्य भूमिकामा छन्।