मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीपको नजरमा पूजा र अश्लेषा कस्ता ?

फिल्मीखबर, काठमाण्डौ, 2017/06/22
वर्ष २०७२ मा रिलिज भएको हिट फिल्म 'प्रेमगीत'को चर्चा अझै पनि चल्ने गर्छ सिनेवृतमा । गीत-संगीतदेखि कलाकारहरुको अभिनय, कथावस्तुले 'प्रेमगीत'लाई जीवन्त बनायो । 'प्रेमगीत'मा समाबेश  'म यस्तो गीत गाउँछु' र 'म त अलपत्र पर्छु' बोलको गीत त कालझै नै बन्यो । अब यसको सिक्वेल 'प्रेमगीत २' साउन १३ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ । 'प्रेमगीत'मा प्रदीप खड्का र पूजा शर्मा मुख्य भूमिकामा थिए । यो जोडीको केमेष्ट्रीलाई दर्शकहरुले खुबै रुचाएका थिए । 
 
'प्रेमगीत २' निर्माण हुँदै गर्दा दर्शकहरुको एउटै इच्छा थियो फेरि प्रदीप र पूजाकै जोडी दोहोरियोस् तर टिमभित्रको आपसी द्धन्द्धका कारण पूजा 'प्रेमगीत २' मा अटाइनन् मात्र प्रदीप दोहोरिए । 'प्रेमगीत' निर्देशन गरेका सुदर्शन थापाले पूजा र पल शाहलाई लिएर 'प्रेमगीत'को र्शिष गीत सापटी लिँदै 'म यस्तो गीत गाउँछु' निर्माण गरे भने 'प्रेमगीत'का निर्माता सन्तोष सेनले पूजाको ठाउँमा नयाँ नायिका र निर्देशक भित्राए । 'प्रेमगीत २' मा पूजाको ठाउँ नव-नायिका अश्लेषा ठकुरीले लिएकी छिन् भने सुदर्शनको ठाउँ निर्देशक रामशरण पाठकले । 
 
पूजा र पल अभिनित फिल्म 'म यस्तो गीत गाउँछु' यही असार ३० गते रिलिज हुँदैछ भने प्रदीप र अश्लेषा अभिनित 'प्रेमगीत २' साउन १३ गतेबाट । यी दुवै फिल्मका ट्रेलरदेखि गीत-संगीतले अहिले नेपाली बजार राम्रै रन्काएका छन् । अब फिल्मले दर्शक चाहिँ हलसम्म दर्शक तान्न सक्छ वा सक्दैन् त्यो हेर्न भने अब धेरै दिन कुर्नु नपर्ला । 
 
आज हामीले 'प्रेमगीत' नायक प्रदीप खड्कालाई नायिका द्धय अश्लेषा ठकुरी र पूजा शर्माको विषयमा केही प्रश्न तेर्साएका छौं । पढ्नुहोस्, 'फिल्मीखबर डटकम'को प्रश्नमा पूजा र अश्लेषाको विषयमा प्रदीपले फर्काएको जवाफ :
 
१. तपाईलाई 'प्रेमगीत २' मा काम गर्दा नायिका पूजा शर्माको अभाव खड्कियो वा खड्किएन ?
'प्रेमगीत २' मा पूजाको त्यस्तो अभाव खड्किने खाल्को सिन पनि थिएन र परिस्थती पनि थिएन । यस्तो कुनै पल नै महशुस गर्न पाइन कि पूजाको अभाव खड्किएको । 
 
२. तपाईलाई पूजा र अश्लेषा मध्ये कोसँग काम गर्न सजिलो भयो ? 
कोसँग काम गर्न सजिलो वा असजिलो भन्दा पनि म आफू चाहिँ कति सक्षम थिए वा थिइन भन्ने महत्वपूर्ण कुरा हो । पहिलो फिल्म नै ठूलो टिमसँग काम गर्दा म डराउनु स्वभाविकै थियो । अरुले गर्दा सहज र अरुले गर्दा असहज भन्दा पनि आफ्नै कारणले गाह्रो र सजिलो हुन्छ । मलाई पूजा र अश्लेषा दुवैसँग काम गर्न सजिलो भएको थियो । 
 
३. तपाईलाई पूजा र अश्लेषा मध्ये कसको काम राम्रो लाग्यो ? 
पहिला ५-६ वटा फिल्म खेलिसकेर त्यत्तिको अभिनय गर्नु र पहिलो फिल्ममा नै यत्तिको अभिनय गर्नुमा चाहिँ मलाई अश्लेषाको धेरै काम राम्रो लाग्यो । 
 
४. तपाईको नजरमा पूजा र अश्लेषा कस्ता नायिका ? 
पूजा कुरा गुम्साएर राख्न सक्दिनन् । जे भन्न मन लाग्यो उनी खुलस्त बोल्छिन् । अश्लेषा चाहिँ सोचेर बुझेर मात्र बोल्छिन् । सबैको आ-आफ्नै बानी हुन्छ । आफ्नो ठाउँमा दुवै ठिक हुनुहुन्छ । 
 
५. तपाईको करिअरका लागि 'प्रेमगीत २' कति महत्वपूर्ण ? 
मेरो लागि 'प्रेमगीत २' भनेको जे जति छ यसैमा छ । किनभने मेरो नाममा लगाउने नाम भनेको 'प्रेमगीत' थियो त्यसैलाई नै दाउमा राखेर आज म फेरि 'प्रेमगीत २' मा आएको छु । त्यसैले यो छ भने सबै छ यो छैन भने केही छैन ।