
बलीउड अभिनेत्री करिश्मा कपूर अब चाँडै दोस्रो पटक दुलही बन्दैछिन् । करिश्माका ब्याईफ्रेन्ड सन्दिप चाँडै करिश्मालाई विवाहका लागि प्रपोज गर्ने तयारीमा रहेको भारतीय मिडियाले बताएका छन् । सन्दिप र करिश्मा केही वर्षदेखि एकअर्कालाई डेट गरिरहेका छन् । पहिला त यी दुईले आफ्नो रिलेशन मिडियाको आँखाबाट लुकाउँदै आएका थिए तर केही महिनायता यो लभ बर्ड्स हरेक ठाउँमा देखिँदै आएका छन् । कपूर फेमिलीमा पनि सन्दिप निकै रुचाइएका छन् । जब कुनै पनि फेमिली भेटघाट हुन्छ, करिश्माको साथ सन्दिप सधै नै हुने गर्छन ।
यो कुराबाट पनि के अनुमान लगाउन सकिन्छ भने करिश्मा र सन्दिप आफ्नो रिलेशनलाई लिएर निकै सिरियस छन् । सुत्रका अनुसार, सन्दिप आफ्नो पहिलो पत्नीबाट चाँडै डिभोर्स लिँदैछन् । सन्दिप चाँडै करिश्मालाई जुहूमा एक ३ बेडरूमको फ्ल्याट पनि गिफ्ट गर्दैछन् । योभन्दा पहिला पनि करिश्मा र सन्दिपले जुहूमा फ्ल्याट लिने सोच बनाएका थिए ।
करिश्मा र सन्दिपको लभ स्टोरी एक साधारण फ्रेन्डको पार्टीबाट सुरु भएको थियो । पहिलो भेटपछि उनीहरु प्रायः भेटिन लागे र एकअर्कालाई मनपराउँदै गए । सन्दिप तोशनीवाल एक टप फार्मा कम्पनीका सिइओ हुन् । करिश्मा कपूरको पहिलो विवाह व्यवसायी सञ्जय कपूरसँग भएको थियो । तर, विवाह बन्धनमा बाँधिएको केही वर्षमा नै उनीहरुले डिभोर्स लिए । करिश्माको एक छोरा र एक छोरी छन् ।

