मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'रोमियो'सँग अशिष्मा र संजोगको 'ल्याङ ल्याङ'

फिल्मीखबर, काठमाण्डौ, 2017/06/23
कात्तिक १७ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको फिल्म 'रोमियो'को एक गीत अहिले निकै चर्चामा छ, 'अनी किन ल्याङ ल्याङ गर्दैछौ मैया' । यो गीतको युट्युबमा केही कभर भिडियोहरु पनि बनिसकेका छन् तर ओर्जिनल भिडियो भने सार्वजनिक भएको छैन्। अडियो गीतले बजारमा हाइप लिइसकेपछि बिहिबार यो गीतको भिडियोको छायांकन गरिएको छ । काठमाण्डौको ठमेलमा रहेको एक डान्स क्लबमा यो गीतको भिडियो छायांकन गरिएको हो । 
 
८० जना भन्दा बढी कोरसका साथमा फिल्मका मुख्य नायक हसनराजा खान र नव–नायिका ओसिमा बनुले गीतमा नृत्य गरे भने उनीहरुसँगै नायिका अशिष्मा नकर्मी र नायक संजोग कोइरालाले पनि ठुम्का लगाए । अशिष्मा र संजोग यही गीतको भिडियोमा मात्र देखिनेछन् ।
 
 
निर्माता तथा नायक हसनले भने–‘अडियो हिट भैसकेकाले हामीलाई भिडियो पनि उत्कृष्ट बनाउनुपर्ने चुनौती छ । यसैले, सोही अनुसार मिहिनेत गरेर भिडियो तयार भएको छ ।’
 
यो गीतमा सहिमा श्रेष्ठ र सुनिल पाण्डेको स्वर, सुनिल पाण्डेकै संगीत छ । फिल्मलाई शंकर कार्कीले निर्देशन गरेका हुन् । रामेश्वर कार्कीको छायांकन रहेको फिल्मको यो गीतलाई गम्भिर बिष्टले कोरियोग्राफी गरेका हुन् ।  फिल्ममा हसनराजा खान, नीशा अधिकारी, मेलिना मानन्धर र ओसिमा बनुलाई दर्शकले मुख्य भूमिकामा देख्नेछन् ।