मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'छक्का पन्जा २'मा आयुष्मान पनि !

फिल्मीखबर, काठमाण्डौ, 2017/06/22
अहिले नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज श्रेष्ठको प्रेम चर्चाले सिनेवृत खुबै तातेको छ । 'कथा काठमाण्डू'मा काम गर्दैगर्दा एकअर्कालाई मन दिएका आयुष्मान र प्रियंकाको प्रेम विस्तारै झन झाँगिदै गएको देख्न सकिन्छ । चाँडै विवाह समेत गर्दैछन् भन्ने चर्चा चलिरहँदा हालैमा एक खबर बाहिरिएको छ कि आयुष्मानले प्रियंका अभिनित फिल्म 'छक्का पन्जा २' मा पनि काम गरेका छन् । 
 
केही दिनयता यो खबरले नेपाली मिडिया तातेका छन् । के आयुष्मानले 'छक्का पन्जा २' मा काम गरेका छन् ? 'फिल्मीखबर डटकम'सँग कुराकानी गर्दै निर्देशक दीपाश्री निरौलाले भनिन्, 'हो, आयुष्मानले पनि 'छक्का पन्जा २' मा काम गर्नुभएको छ । उहाँको गेष्ट रोल छ ।' 
 
उनले आयुष्मानको भूमिकाको विषयमा भने अन्य कुरा खुलाउन चाहिनन् । उनले अगाडि भनिन्, 'आयुष्मान मात्र होइन 'छक्का पन्जा २' मा धेरै कलाकारहरुको गेष्ट रोल छ ।' आयुष्मानले अभिनय गरेको अहिलेसम्म एउटा मात्र फिल्म रिलिज भएको छ । अहिले फिल्म निर्माण गर्ने निर्माताहरुको पहिलो रोजाईमा परेका आयुष्मानको गएको वर्ष 'चपली हाईट २' रिलिज भएको थियो । 
 
'कथा कठमाण्डू'मा पहिलो पटक एकसाथ काम गरेपछि आयुष्मान र प्रियंकाको जोडीलाई पर्दामा भने दर्शकहरुले 'छक्का पन्जा २' मा पहिलो पटक देख्न पाउनेछन् । यसले 'छक्का पन्जा २' लाई पब्लिसिटीमा भने केही सहज बनाउनेछ । 
 
'छक्का पन्जा २'को केही दिन अगाडि मात्र छायांकन सकिएको हो । स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकालको मुख्य भूमिका रहेको यो फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, वुद्धि तामाङ, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको पनि अभिनय देख्न सकिन्छ । 'नाई नभन्नू ल' फेम निर्देशक विकासराज आचार्यको कथा रहेको यो फिल्ममा उनी नै कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
 
फिल्मको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक-दीपाको प्रस्तुतीमा तयार हुन लागेको यो फिल्ममा जीतु नेपाल, माग्ने बुढो डट कम, ताराचन्द्र चापागाँई , सुमन गिरीको लगानी छ । यसै बर्षको असोज ११ गते रिलिज हुने समेत फाइनल भैसकेको 'छक्का पन्जा'को पहिलो भागले सय दिन मनाउँदा १७ करोडको विजनेश गरेको थियो ।