Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10267 - 10272 of 24291
एजेन्सी, मुम्बई, 2019-04-23, मंगलवार
बलिउडका 'दबंग' सलमान खान अहिले आफ्नो नयाँ फिल्म ‘भारत’ लाई लिएर चर्चामा छन् । योसँगै उनी आफ्नो दोस्रो फिल्म ‘दबंग ३’ को छायांकनमा पनि व्यस्त छन् । अब यो फिल्मलाई लिएर एक ठूलो खबर बाहिर आएको छ । सलमानको यस फिल्ममा बलिउडका अर्का सुपरस्टार शाहरुख खानको प्रवेश हुने चर्चा छ । पछिल्लो केही वर्षदेखि सलमान र शाहरुखको दोस्तीयारी निकै मजबुत देखिएको छ । 
 
फिल्मीखबर, काठमाण्डौ, 2019-04-23, मंगलवार
गत वर्षको फागुनमा अग्नीलाई साक्षी राखेर सात जन्मसम्म सँगै जीवन विताउने कसम आएका क्यूट कपल वर्षा राउत र संजोग कोइराला अहिले हनिमुन ट्रिपमा छन् । केही दिन अगाडि मात्र उनीहरु हनिमुन मनाउन फ्रान्स उडेका थिए । अहिले उनीहरु फ्रान्सको राजधानी पेरिसका रमणीय स्थानहरु धुमधाममा व्यस्त छन् । दुबैले धुमधामको क्रममा खिचिएका तश्बिरहरु सामाजिक सञ्जालमा साझेदार गरिरहेका छन् । 
 
फिल्मीखबर, काठमाण्डौ, 2019-04-23, मंगलवार
करीब ६ महिनादेखि निकै ठूलो आश गरिएका फिल्म समेत नचलेर ठन्डाराम रहेको नेपाल फिल्मको व्यापारलाई नयाँ वर्ष २०७६ को छेकोमा प्रदर्शनमा आएका दुई फिल्म ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ ले राम्रै चलायमान बनाएका छन् । फेरि धेरैपछि फिल्म क्षेत्रमा चहलपहल सुरु भएको छ । दुई फिल्मले दर्शकको ठूलो भीड हलसम्म ल्याउन सफल भएपछि रिलिजको मुखमा रहेका धेरै फिल्मका निर्माताको अनुहारमा खुसी छाएको छ । 
 
फिल्मीखबर, काठमाण्डौ, 2019-04-23, मंगलवार
जेठ ३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको मिलन चाम्स निर्देशित फिल्म ‘बीर विक्रम २’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । ‘पिरतीको मिठो तिर्सना’ को रिमेक भर्सन र ‘वाचा’ बोलको गीतले राम्रो हाइप निर्माण गरिरहेको अवस्थामा निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा फिल्मका चार लिड कलाकार फिचर्ड छन् । 
 
एजेन्सी, मुम्बई, 2019-04-22, सोमवार

सलमान खानको बहुप्रतिक्षीत फिल्म ‘भारत’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा कटरीना कैफ, दिशा पाटनी, तब्बू, ज्याकी श्राफ, सुनील ग्रोवर लिड रोलमा छन् । फिल्म जून ५ मा रिलिज हुँदैछ । अली अब्बास जफरको निर्देशनमा बनेको यो फिल्म कोरियन फिल्म 'ओड टू माई फादर' को हिन्दी रिमेक हो । फिल्मको टिजर र लुक पोस्टर्स पहिलादेखि नै चर्चामा छ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-04-22, सोमवार

हरेक वर्ष ‘नाइँ नभन्नू ल’ को सिरिज निर्माण गर्दै आइरहेका भेट्रान निर्देशक विकासराज आचार्यले यस वर्ष नयाँ नाममा फिल्म बनाएका छन् । ‘नाइँ नभन्नू ल ६’ अर्को वर्ष ल्याउने वाचासहित उनले निर्देशन गरेको नयाँ फिल्म ‘हजार जुनीसम्म’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘एमजी रोडैमा’ बोलको गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर छ । 

Results : 10267 - 10272 of 24291