Most Recent News Headlines
Results : 10255 - 10260 of 24291

फिल्मीखबर, काठमाडौं, 2019-04-25, बिहिवार
यस वर्षको प्रतिक्षीत फिल्म मध्येको एक ‘बीर विक्रम २’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच पत्रकारलाई साक्षी राखेर सार्वजनिक गरिएको ट्रेलरमा प्रेम, रोमान्स, द्वन्द्व, मित्रता, कमेडी, बदला सबै समेटिएको छ । पूर्णरुपमा कमर्शियल भ्यालु देखिएको ट्रेलरमा अभिनेता द्वय पल शाह र नाजिर हुसेनको मित्रतालाई निकै रोमाञ्चक र मन छुने ढंगबाट देखाइएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-04-25, बिहिवार
बलिउडका महानायक अमिताभ बच्चन ७१ वर्षको उमेरमा पनि हरेक रोलमा ज्यान दिनसक्ने क्षमता राख्दछन् । अब उनी तमिल हरर कमेडी फिल्म ‘कञ्चना’ को हिन्दी रिमेकमा देखिने खबर बाहिरिएको छ । यति मात्र नभएर उनले यो फिल्ममा पहिलो ट्रान्सजेन्डरको रोल निभाउनेछन् । साथै, अभिनेता अक्षय कुमारसँग उनी १२ वर्षपछि ठूलो पर्दामा देखिनेछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2019-04-25, बिहिवार
विभिन्न एयरलाइन्सबाट विदेशी मुलुक जाँदा नेपालीहरुले आफ्नो मुलुकमा बनेको फिल्म हेर्न पाउँदैनन् । अरु देशमा निर्माण भएका विभिन्न भाषाका फिल्म हेरेर मनोरञ्जन लिनुपर्ने बाध्यता छ । तर, अब नेपाल वा अन्य देशबाट युएइ उड्दा वा फर्किँदा नेपाली फिल्म हेर्न पाइने भएको छ । यूएइको एक एयरलाइन्सले नेपाली फिल्म खरिद गर्न थालेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-04-25, बिहिवार
दीपकराज गिरीको टिमले ‘गाजलु’ फेम्ड निर्माता रोहित अधिकारीसँग सहकार्य गरेर निर्माण गर्न लागेको फिल्म ‘छ माया छपक्कै’ को छायांकन बैशाख अन्तिम साताबाट सुरु हुँदेछ । रोहितको एकल लगानी रहने तर मुनाफाको ५० प्रतिशत लिने सर्तमा दीपकको टिमले यो फिल्म गर्न लागेको हो । यसलाई ‘घामपानी’ र ‘गोपी’ फेम्ड निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्दैछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2019-04-25, बिहिवार
एघारौं डि सिने अवार्डको नोमिनेशन सार्वजनिक भएको छ । यही बैशाख २१ गते राजधानीमा हुने यस अवार्डमा गत वर्ष प्रदर्शनमा आएका ९६ फिल्ममध्ये ४८ ले सहभागिता जनाएका छन् । लेखक निर्देशक कलाकार मोहन निरौला, पत्रकार–निर्देशक विजयरत्न तुलाधर, निर्देशक राजेन्द्र उप्रेती र पहिलो महिला छायाँकार सवनम मुखियाको जुरी टिमले यसपटक उत्कृष्ट अभिनेता र अभिनेत्रीसहित केही विधामा छ/सात जनालाई मनोनयन गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-04-24, बुधवार
लभस्टोरी सिरिज ‘प्रेमगीत’ को तेस्रो पार्टको छायांकन सुरु हुनुभन्दा अगावै प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्मको प्रदर्शन मिति यस वर्षको अन्तिम महिनाको अन्तिम हप्ता अर्थात् चैत २८ गतेलाई लक गरिएको छ । प्रदर्शन मितिसँगै निर्माण टिमले फस्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरले फिल्म पिरियड ड्रामा रहेको प्रस्ट्याउँछ ।

