Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘दबंग ३’ मा शाहरुखको केमियो ?

एजेन्सी, मुम्बई, 2019/04/23
बलिउडका 'दबंग' सलमान खान अहिले आफ्नो नयाँ फिल्म ‘भारत’ लाई लिएर चर्चामा छन् । योसँगै उनी आफ्नो दोस्रो फिल्म ‘दबंग ३’ को छायांकनमा पनि व्यस्त छन् । अब यो फिल्मलाई लिएर एक ठूलो खबर बाहिर आएको छ । सलमानको यस फिल्ममा बलिउडका अर्का सुपरस्टार शाहरुख खानको प्रवेश हुने चर्चा छ । पछिल्लो केही वर्षदेखि सलमान र शाहरुखको दोस्तीयारी निकै मजबुत देखिएको छ । 
 
उनीहरु एकअर्काको फिल्मको प्रचार सामाग्री सामाजिक सञ्जालमा साझेदार गरेर प्रशंसा गर्नेदेखि एकअर्काको फिल्ममा केमियो समेत गर्न पछाडि हटेका छैनन् । शाहरुखले सलमानको फिल्म 'ट्यूबलाइट' मा केमियो गरेका थिए भने शाहरुखको गत वर्ष प्रदर्शनमा आएको फिल्म 'जीरो' को एक गीतमा सलमान नाचेका थिए । हालै एक अन्तर्वार्तामा सलमानले शाहरुखलाई आफूभन्दा सिनियर बताएका थिए । 
 
 
वेबसाइट डीएनएमा प्रकाशित एक खबरका अनुसार, सलमान खानको ‘दबंग ३’ मा शाहरुखले केमियो गर्ने लगभग पक्कापक्की भइसकेको छ । यो फिल्ममा केही फ्ल्यासब्याक सिन देखाइनेछ, जसमा सलमानको जर्नी दर्शाइनेछ कि, उनी कसरी रबिनहुड बने । यो क्रममा उनलाई एक व्यक्तिले निकै मिहिनेत गरेका हुन्छन् । खबरअनुसार, सलमानले उक्त क्यारेक्टर शाहरुखलाई अफर गरेका छन् । 
 
सलमानको अफरलाई शाहरुखले स्वीकार गरेको भारतीय मिडियाले बताएका छन् । यद्यपि, अहिलेसम्म यसबारे निर्माण टिमले कुनै जानकारी दिएको छैन । ‘दबंग ३’ लाई प्रभु देवाले निर्देशन गरिरहेका छन् । यसअघि सलमान र प्रभुको 'वान्टेड' मा टिमअप भएको थियो । अरबाज खानको निर्माण रहने ‘दबंग’ को तेस्रो सिरिजमा सलमानको अपोजिटमा तेस्रो पटक पनि अभिनेत्री सोनाक्षी सिन्हा देखिँदैछन् । 
Most Visited News (monthly)