हरेक वर्ष ‘नाइँ नभन्नू ल’ को सिरिज निर्माण गर्दै आइरहेका भेट्रान निर्देशक विकासराज आचार्यले यस वर्ष नयाँ नाममा फिल्म बनाएका छन् । ‘नाइँ नभन्नू ल ६’ अर्को वर्ष ल्याउने वाचासहित उनले निर्देशन गरेको नयाँ फिल्म ‘हजार जुनीसम्म’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘एमजी रोडैमा’ बोलको गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर छ ।
.jpg)

सोमवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको शब्द गायक राजनराजकै हो भने एरेञ्ज राजन इशानले गरेका हुन् । गीतमा फिल्मकी लिड अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता सलोन बस्नेत र डेब्यू ब्वाई अखिलेस प्रधान फिचर्ड छन् । गीतको बोलझैँ सिक्किमको एमजी रोडमै गीतको भिडियोको छायांकन गरिएको छ ।
गीतसँगै निर्माण टिमले साउन ३० गतेलाई फिल्मको रिलिज क्यालेन्डर पनि रोजेको छ । यसमा आर्यन सिग्देल, प्रियंका कार्की, संचिता लुईंटेल, शिवहरी पौडेल, अनुभव रेग्मीलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मको कथा विशाल चाम्लिङ्गको हो । निर्देशक आचार्य र सामिप्यराज तिमिल्सेनाले मिलेर पटकथा तथा संवाद तयार पारेका हुन् ।
.jpg)
.jpg)
.jpg)
पुरुषोत्तम प्रधानको फिल्ममा छायांकन छ । सार्वजनिक गीतमा उनलाई पनि देख्न सकिन्छ । गीतको भिडियोको सुरुवातमा उनी दौरा सुरुवालमा ठाँटिएर देखिएका छन् । यसमा कविराज गहतराको कोरियोग्राफी, उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् ।
गीत हेर्नुहोस् :-

