Most Recent News Headlines
Results : 10279 - 10284 of 24291

फिल्मीखबर, काठमाडौं, 2019-04-21, आईतवार
गएको दशैंमा प्रदर्शनमा आएको फिल्म ‘जय भोले’ पछि लामो समय कुनै फिल्म साइन नगरेर प्रेमिका सृष्टि श्रेष्ठसँग ‘क्वालिटी टाइम स्पेन्ड’ गरिरहेका अभिनेता सौगात मल्ल अब भने धमाधम फिल्म गर्ने मुडमा देखिएका छन् । गत वर्षको चैतमा ‘लप्पन छप्पन २’ पछि गएको बिहीवार उनी फिल्म ‘पोई पर्यो काले’ मा अनुबन्ध भए ।

फिल्मीखबर, काठमाण्डौ, 2019-04-21, आईतवार
अभिनेता दयाहाङ राईका लागि गत वर्ष खासै उपलब्धिमुलक रहेन । गएको वर्ष उनी अभिनीत फिल्म 'भैरे' र 'साइँली' प्रदर्शनमा आएका थिए । तर, दुबैले बक्सअफिसमा सुनाउनलायक अंक जोड्न सकेनन् । 'भैरे' को तुलानामा 'साइँली' ले केही राम्रो व्यापार भने गरेको थियो । उनको अभिनयलाई पनि दर्शक र समीक्षकले निकै प्रशंसा गरेका थिए ।

एजेन्सी, मुम्बई, 2019-04-20, शनिवार
सुपरडुपर हिट फिल्म ‘बाहुबली’ मा लिड एक्टर प्रभाषसँगै ‘कटप्पा’ को भूमिका निभाएका सत्यराजले पनि दर्शकको दिलमा आफ्नो स्थान बनाएका छन् । उनले ‘कटप्पा’ को भूमिकालाई यति न्यायपूर्वक निभाएका थिए कि, भारतमा वर्षभरी उनको नाम गुञ्जिएको थियो । अब उनले बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको अपोजिटमा काम गर्ने खबर बाहिरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-04-20, शनिवार
आउँदो जेठ ३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘जात्रै जात्रा’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘माया पिरती’ बोलको गीतले फिल्मको लोभलाग्दो हाइप निर्माण गरिरहेको अवस्थामा निर्माण टिमले ‘जीवन जात्रा हो’ गीत सार्वजनिक गरेको हो । गीतमा गायन र संगीत कालीप्रसाद बाँस्कोटाको छ । गीतको शब्द अर्जुन भट्टराईले रचेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2019-04-20, शनिवार
अफस्क्रिन जोडीहरु अहिले एकपछि अर्को प्रोजेक्टमा लगातार सहकार्य गरिरहेका छन् । यसका एक उदाहरण हुन् अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी । मिडियामा चर्चाको कमी नहुने र दर्शकमा पनि निकै चासो रहने हुँदा फिल्ममेकर्स प्रेम जोडीलाई लिएर फिल्म बनाउन मरिहत्ते गर्दछ । तर, लगातार रियल जोडी पर्दामा दोहोरिरहँदा मिडियासँगै दर्शकको चासो पनि घट्दै जान थाल्छ । यसको उदाहरणका लागि पनि प्रियंका र आयुष्मान फिट छन् ।

फिल्मीखबर, काठमाडौं, 2019-04-19, शुक्रवार
फिल्म निर्माणको नेपथ्यमा रहेर काम गर्ने प्राविधिकहरुको छाता संगठन चलचित्र प्राविधिक संघले २०७६ साल वैशाख १ गतेदेखि सम्पूर्ण प्राविधिकहरुको हकहितका लागि सिफ्ट सिस्टम लागू गरेको छ । अबदेखि फिल्म निर्माता तथा निर्देशकले सुटिङको क्रममा प्राविधिकहरुलाई प्रतिदिन तोकिएको पारिश्रमिकभन्दा बढी समयसम्म काम लगाउन पाउने छैनन् ।

