Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक्सन र कमेडीले भरपूर सलमानको ‘भारत’ ट्रेलर (भिडियो)

एजेन्सी, मुम्बई, 2019/04/22
 
सलमान खानको बहुप्रतिक्षीत फिल्म ‘भारत’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा कटरीना कैफ, दिशा पाटनी, तब्बू, ज्याकी श्राफ, सुनील ग्रोवर लिड रोलमा छन् । फिल्म जून ५ मा रिलिज हुँदैछ । अली अब्बास जफरको निर्देशनमा बनेको यो फिल्म कोरियन फिल्म 'ओड टू माई फादर' को हिन्दी रिमेक हो । फिल्मको टिजर र लुक पोस्टर्स पहिलादेखि नै चर्चामा छ ।
 
३ मिनेट ११ सेकेण्डको ट्रेलरको सुरुवात भारतका पहिला प्रधानमन्त्री जवाहरलाल नेहरूको संवादबाट भएको छ । ट्रेलर पावर प्याक्ड र एगेजिङ छ । पूरै ट्रेलरमा सलमान छाएका छन् । ट्रेलरमा उनीसँगै कटरीना, दिशा, सुनील र ज्याकीको झलक पनि देख्न पाइन्छ । सलमान र कटरीनाको रोमान्टिक केमेस्ट्री पनि देखाइएको छ । 
 
फिल्ममा सलमानले भारतको रोल निभाएका छन्, जसको जिन्दगी पूरै रंगीन छ । फिल्ममा भारतको जिन्दगीको ७१ वर्षको यात्रा देखाइएको छ । ट्रेलरमा सलमान र कटरीनाबीच फिल्मांकन गरिएको संवाद दमदार छ । कटरीनाको लुक्स इम्प्रेसिभ छ । सुनील र दिशालाई पनि ट्रेलरमा राम्रो 'स्क्रिन स्पेश' मिलेको छ । ब्याकग्राउण्ड म्यूजिक पनि उत्कृष्ट छ । 
 
ट्रेलरमा सलमानलाई पाँच अलग-अलग लुक्समा देख्न सकिन्छ । उनको यो मसला फिल्ममा एक्सन, रोमान्स, देशप्रेम, कमेडीको फ्लेवर रहेको ट्रेलरबाटै प्रष्ट हुन्छ । ‘भारत’ ले बक्सअफिसमा नयाँ रेकर्ड बनाउने फिल्म पण्डितहरुको अनुमान छ । यो त्यही फिल्म हो, जसमा पहिला प्रियंका चोपडा लिड रोलमा थिइन् । उनले हात झिकेपछि कटरीनाको प्रवेश भएको थियो ।
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)