


दुई वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘तिमीसँग’ फेम्ड निर्देशक शिशिर राणा अहिले नयाँ फिल्म ‘पोई पर्यो काले’ को तयारीमा छन् । यसमा केही दिन अगाडि मात्र सिल्भर स्क्रिनमा अत्याधिक रुचाइएको जोडी पूजा शर्मा र आकाश श्रेष्ठ अनुबन्ध भएका थिए । फिल्ममा दुईको जोडी बाँधिदैछ । यसबीच, फिल्ममा अभिनेता सौगात मल्लको पनि प्रवेश भएको छ ।

जस्तोसुकै भूमिकामा पनि सशक्त अभिनय गर्ने क्षमता राख्ने अभिनेता नाजिर हुसेन र अभिनेत्री वर्षा सिवाकोटीलाई जेठ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘वीरविक्रम २’ माथि धेरै ठूलो आशा छ । निदाउन लागेको फिल्म करिअरलाई यस फिल्मले ब्यूँझाउने उनीहरुको विश्वास छ । मिलन चाम्स निर्देशित यस फिल्ममा अभिनेता पल शाह पनि प्रमुख भूमिकामा छन् । यस फिल्मको गीतसंगीतले अहिले राम्रो हाइप बनाइरहेको छ ।

बलिउड सुपरस्टार शाहरुख खान चीनमा आयोजित नवौं 'बीजिङ इन्टरनेशनल फिल्म फेस्टिवल' मा पुगेका छन् । उनले त्यहाँ आफूनो पछिल्लो फिल्म ‘जीरो’ को असफलताबारे पनि मुख खोलेका छन् । उनले फिल्म असफल हुनुको कारण आफूले सही कहानी छनोटमा चुकेको हुनसक्ने बताएका छन् ।

करीब ६ महिनापछि नेपाली फिल्म क्षेत्रमा गजबको चहलपहल बढेको छ । ठूलो आशा गरिएका फिल्महरु नै लगाताार असफल हुन थालेपछि न नयाँ फिल्म घोषणा हुन सकेका थिए न त कुनै फिल्म फ्लोरमै गएका थिए । नेपाली फिल्म क्षेत्र नै घरासायी हुने अवस्थामा पुगेको थियो । चैत २९ का दुई फिल्म ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ भने नेपाली फिल्म क्षेत्रका लागि सञ्जीवनी बुटी बनेर आएका छन् । दुई फिल्मले हराएको भनिएको नेपाली फिल्मका दर्शकलाई हल फर्काएको छ ।

