Most Recent News Headlines
Results : 10261 - 10266 of 24291

एजेन्सी, मुम्बई, 2019-04-24, बुधवार
बलिउडमा अभिनेता वा अभिनेत्रीहरु विवाहभन्दा अगाडि नै माता-पिता बन्ने चलन निकै पुरानो हो । हालै बाहिरिएको खबरअनुसार, बलिउड अभिनेता अर्जुन रामपालकी गर्लफ्रेण्ड ग्याब्रिएला डेमेट्रिएडस आमा बन्दैछिन् । अर्जुनले गत वर्ष पत्नी मेहरसँग २० वर्ष लामो सम्बन्ध टुंग्याएका थिए । अब उनकी गर्लफ्रेण्ड विवाह अगाडि नै आमा बन्दैछिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2019-04-24, बुधवार
दर्शकले आँखा चिम्लिएर विश्वास गरेको दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले आजसम्म असफलता भोग्नु परेको छैन । टेलिभिजनबाट विश्राम लिएपछि उनीहरु '६ एकान ६' मार्फत् फिल्म निर्माणमा होमिएका थिए । जेनतेनले निर्माण गरेको डेब्यू फिल्म नै हिट भएपछि उनीहरुले फिल्म निर्माणलाई रोकेका छैनन् । हरेक वर्ष एक ब्लकबस्टर फिल्म दिइरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2019-04-24, बुधवार
नेपालमा हरर फिल्म बिरलै बन्छन् । बनेका फिल्म पनि राम्रो चलेको रेकर्ड छैन । आवश्यक प्रविधि नभएका कारण पनि नेपालमा हरर फिल्म निर्माणमा फिल्ममेकर्स ‘रिक्स’ मोल्न चाहँदैनन् । कम बजेटमा निर्माण गर्नुपर्ने अर्को बाध्यता छ । हरर फिल्म रुचाउने नेपाली दर्शक पनि खासै नभएको बताइन्छ । नेपालमा वर्षमा मुश्किलले एउटा हरर फिल्म पनि बन्दैनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2019-04-24, बुधवार
करीब ७ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘लुट’ पछि अभिनेता दयाहाङ राईले नेपाली फिल्ममा केही वर्ष राम्रै वर्चश्व जमाए । त्यसअघि उनले सानातिना रोल गरेरै आफ्नो फिल्म करिअर जेनतेन अगाडि बढाइरहेका थिए । ‘लुट’ उनका लागि टर्निङ प्वाइट साबित भएको थियो । यसपछि उनले आजसम्म करिअर पछाडि फर्केर हेर्नुपर्ने अवस्था सृजना भइसकेको छ । तर, उनले बिस्तारै आफ्नो साख भने गुमाउँदै गएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2019-04-23, मंगलवार
नेपालको जनसंख्या करिब ३ करोड नजिक छ । यसमध्ये एकदेखि डेढ करोड जनसंख्या मात्र इन्टरनेटको पहुँचमा छ । तर, गायक, संगीतकार तथा गीतकार राजनराज सिवाकोटीले तयार पारेको ‘कुटुमा कुटु’ गीतले नेपालको जनसंख्याभन्दा तीन गुणा बढी भ्यूज इन्टरनेटमा बटुल्न सफल भएको छ । अर्थात् गीतलाई युट्युब रिलिजको एक वर्षमा १० करोडभन्दा बढी पटक हेरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-04-23, मंगलवार
सोमवार साँझ आफूले निर्माण र निर्देशन गर्न लागेको फिल्म ‘साङ्लो’ का निर्माण नियन्त्रक शंकर पाण्डेमाथि कुटपिट गरेका एक्सन स्टार विराज भट्टले माफी मागेका छन् । अभिनेता र प्राविधिकबीचको विवाद सुल्झ्याउन मंगलवार दिउँसो चलचित्र प्राविधिक संघले बोलाएको बैठकमा अभिनेता भट्टले प्राविधिक पाण्डेसँग माफी मागेका हुन् ।

