Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9931 - 9936 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-05-07, मंगलवार

निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाइँ हिन्दू परम्पराअनुसार बैबाहिक जीवनमा बाँधिएका छन् । मंगलवार सिन्धुलीबाट धनगढी पुगेर निर्देशक भट्टराईले दीपिकाको सिउँदो भरेका हुन् । हुनत, यो जोडीले केही वर्ष अगाडि नै कागजी विवाह गरिसकेका थिए । तर, यसको जानकारी दुई पक्षका परिवारबाहेक कसैलाई थाहा थिएन । 

फिल्मीखबर, काठमाण्डौ, 2019-05-07, मंगलवार

प्रतिष्ठित ब्यानर महसञ्चारले निर्माण गरेको फिल्म ‘दाल भात तरकारी’ ले बक्सअफिसमा ठूलो उछाल ल्याउने रिलिजपूर्व धेरैको अनुमान थियो । ब्रान्ड भ्यालु र राम्रो हाइप भएका कारण दर्शकमा फिल्मप्रति अपेक्षा पनि उच्च थियो । तर, फिल्मले दर्शकलाई सन्तुष्ट बनाउन नराम्रोसँग चुकेको छ । फिल्म हेरेका दर्शकले खासै राम्रो प्रतिक्रिया दिएका छैनन् । राम्रोभन्दा फिल्म कमजोर रहेको बताउने दर्शकको संख्या ठूलो छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-05-07, मंगलवार

नेपालमा बनेको पहिलो नेपाली फिल्म ‘आमा’ नाम सापटी लिएर तेस्रो पटक फिल्म निर्माण हुने भएको छ । यो नाममा हीरासिंह खत्रीले वि.सं. २०२० मा फिल्म बनाएका थिए । यसपछि २०५१ सालमा रेसराज आचार्यले पनि ‘आमा’ नाममा फिल्म बनाए । अब तेस्रो पटक 'पशुपति प्रसाद' फेम्ड निर्देशक दीपेन्द्र के. खनालले ‘आमा’ बनाउन लागेका हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-05-07, मंगलवार
अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन स्टारर फिल्म ‘दयारानी’ को रिलिज डेट पोन्टपोन्ड भएको छ । जेठ १० गतेबाट सरेर यो फिल्म साउन ३० मा पुगेका छ । अब बक्सअफिसमा यो फिल्मको विकासराज आचार्य निर्देशित फिल्म 'हजार जुनीसम्म' सँग भिडन्त हुनेछ । फिल्मको रिलिज डेट पोस्टपोन्ड हुनुको कारण एक हप्ता अगाडिको फिल्म ‘जात्रै जात्रा’ बताइएको छ । 
 
फिल्मीखबर, काठमाण्डौ, 2019-05-07, मंगलवार
सिल्भर स्क्रिनमा निकै रुचाइएको जोडी हो अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा । ‘नाइँ नभन्नू ल ४’ बाट एकसाथ फिल्म करिअर सुरु गरेका उनीहरुले ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’ फिल्ममा पनि सहकार्य गरेका थिए । म्यूजिक भिडियो त सयभन्दा बढी नै साथमा गरिसकेका छन् । केही वर्षयता उनीहरु प्रेममा रहेको चर्चाले पनि मिडियामा विशेष स्थान पाउँदै आएको छ । 
 
फिल्मीखबर, काठमाण्डौ, 2019-05-06, सोमवार
दर्शकले निकै विश्वास गरेको सिरिज हो- ‘प्रेमगीत’ । यस सिरिजको पहिलो फिल्मले निर्माता डुबाए पनि दर्शकलाई खुसी बनाएको थियो । दोस्रो सिरिजले भने बक्सअफिसमा राम्रै पैसा छाप्यो । ‘प्रेमगीत' को दुई पार्टले अभिनेता प्रदीप खड्कालाई स्टार बनाएको थियो । अब यस फिल्मको तेस्रो सिरिज निर्माण हुँदैछ । फिल्मको प्रदर्शन मिति आउँदो चैत २८ गतेलाई तोकिएको छ । 
 
Results : 9931 - 9936 of 24024
Most Visited News (monthly)