Most Recent News Headlines
Results : 9949 - 9954 of 24024

फिल्मीखबर, काठमाण्डौ, 2019-05-03, शुक्रवार
डेढ दशक अगाडिसम्म नेपाली फिल्ममा अभिनेता विराज भट्टको ठूलो बोलबाला थियो । फिल्ममा उनी भएपछि निर्माताको लगानी सुरक्षित हुने ग्यारेन्टी हुन्थ्यो । पोस्टरमा उनको टाउको राखे मात्र पनि फिल्मले ब्लकबस्टर व्यापार गर्थे । एक्सनमा नयाँ ट्रेन्ड स्थापित गरेका उनको एक जमाना लोभलाग्दो स्टारडम थियो । नेपाली फिल्ममा उनको आगमनले निखिल उप्रेतीको साम्राज्य समेत डगमगाएको थियो । फिल्ममा विराजको प्रवेश हुनुभन्दा अगाडि एक्सन फिल्ममा निखिलले एकछत्र राज गरेका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2019-05-03, शुक्रवार
एक समय नेपाली फिल्ममा एकछत्र राज गरेका एक्सन स्टार विराज भट्टले पहिलो पटक फिल्म निर्माण र निर्देशनमा हात हालेका छन् । करीब दुई दशक लामो फिल्म करिअरमा ७५ बढी फिल्ममा काम गरेका उनी फिल्म ‘साङ्लो’ मार्फत् निर्माण र निर्देशनमा होमिएका हुन् । यस फिल्मको शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको छ । फिल्ममा पूर्व मिस नेपाल निकिता चाण्डक लिड हिरोइन छिन् ।

एजेन्सी, मुम्बई, 2019-05-03, शुक्रवार
गत वर्ष प्रदर्शनमा आएको दुई फिल्म 'बधाई हो' र 'अन्धाधुन' ले बक्सअफिसमा जबरजस्त कमाई गरेपछि चर्चामा रहेका भर्सटायल अभिनेता आयुष्मान खुराना आफ्नो नयाँ फिल्म ‘ड्रिम गर्ल’ मा सीता, द्रौपदी र राधाको भूमिकामा देखिने भएका छन् । निर्देशक राज सान्डिल्यले यसको खुलासा गरेका हुन् । उनको यो डेब्यू निर्देशित फिल्म हो ।

फिल्मीखबर, काठमाण्डौ, 2019-05-03, शुक्रवार
नयाँ वर्ष २०७६ को सुरुवातसँगै फिल्म अवार्डको मौसम पनि सुरु भएको छ । अब महिनैपिच्छे अवार्ड समारोह हुने तयारीमा छन् । नेपाल सरकारले चलचित्र विकास बोर्डमार्फत् प्रदान गर्ने राष्ट्रिय चलचित्र पुस्कार केही वर्षदेखि विभिन्न कारणले घोषणा हुन सकेको छैन । तर, प्राइभेट कम्पनीहरुले गर्ने अवार्ड भने च्याउझैँ आयोजना भइरहेका छन् । केही वर्षयता नेपालमा मात्र नभएर विदेशी भूमिमा समेत अवार्ड आयोजना हुने गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2019-05-03, शुक्रवार
शुक्रवारबाट यस वर्षको बहुप्रतिक्षीत फिल्म मध्येको एक ‘दाल भात तरकारी’ देशैभर प्रदर्शनमा आएको छ । एकल प्रदर्शनको दुर्लभ संयोग पाएको यो फिल्ममा तीन पुस्ताको प्रतिनिधित्व गर्ने कलाकारहरुको अभिनय छ । सुदन केसी निर्देशित फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्कालगायतका कलाकारहरुको प्रमुख भूमिका छ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-05-02, बिहिवार
मदन घिमिरे निर्देशित फिल्म ‘काउसो’ को प्रदर्शन मिति हेरफेर भएको छ । बैशाख २० मा आउने भनिएको यो फिल्मको प्रदर्शन मिति अब जेठ १७ गतेलाई घोषणा गरिएको छ । पूर्वघोषित मितिमा महसञ्चारले निर्माण गरेको बहुप्रतिक्षीत फिल्म 'दाल भात तरकारी' आउने भएपछि यो फिल्मले आफ्नो रिलिज केही हप्ता पछाडि सारेको हो ।
Most Visited News (monthly)

