Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9919 - 9924 of 24024
फिल्मीखबर, काठमाडौं, 2019-05-12, आईतवार

दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको फिल्म 'छक्का पञ्जा' को सिरिजले बक्सअफिसमा लोभलाग्दो व्यापार गरेपछि नेपालमा कमेडीको चास्नी हालेर फिल्म निर्माण गर्ने क्रम ह्वात्तै बढेको छ । अहिले हरेक हप्ता प्रदर्शनमा आउने नेपाली फिल्म प्रायः कमेडी प्रधान हुने गरेका छन् । तर, कमेडी प्रधान भनिएका अधिकांश फिल्म एउटै रोगबाट ग्रस्त छन् । प्रायः फिल्मले दर्शक हँसाउन दोहोरो अर्थ लाग्ने संवादको मात्र सहारा लिएका छन् । 

फिल्मीखबर, काठमाडौं, 2019-05-11, शनिवार
दुई एक्सन सुपरस्टार निखिल उप्रेती र विराज भट्ट समकालीन अभिनेता हुन् । दुबैले लगभग एकै समयमा अभिनय करिअर थालनी गरेका थिए । यद्यपि, विराजको उदय हुनुभन्दा पहिला नै निखिलले नेपाली फिल्ममा आफूलाई 'एक्सन हिरो' को रुपमा स्थापित गरिसकेका थिए । उनको नाम र पोस्टरमा टाउको राखेकै भरमा फिल्मले ब्लकबस्टर व्यापार गर्थे । उनको एकछत्र राज चलेको बेला विराजको ग्राण्ड इन्ट्री भएको थियो । 
फिल्मीखबर, काठमाडौं, 2019-05-11, शनिवार
जेठ १७ गते रिलीज हुने नेपाली फिल्म 'कुम्भ करण'को ट्रेलर रिलीज भएको छ । ट्रेलरमा रोमान्टिक, सस्पेन्स र कमेडी बिषयलाई देखाईएको छ । यस फिल्ममा नायिका निशा अधिकारी शिक्षिकाको भूमिकामा छिन् भने गौरव पहारी शिक्षक, भोलाराज सापकोटा प्रधानाध्यापक, अभय बराल पिउनको भूमिकामा छन् । साथमा आकाश पल, कुलदिप अधिकारी, सद्भाव थापा लगायतको मुख्य भूमिका छ ।
फिल्मीखबर, काठमाडौं, 2019-05-10, शुक्रवार
एउटा कलाकारलाई आफ्नो अभिनयको प्रशंसा हुँदा सबैभन्दा ठूलो खुसी मिल्छ । नेपालका कलाकारहरु भने अभिनयको प्रशंसा नभए पनि लुक्सको चर्चा भए आफ्नो ठूलो सफलता मान्दछन् । यो कुरा अलि बढी अभिनेताहरुको हकमा लागू हुन्छ । लामो समयदेखि नेपालका चकलेटी हिरोहरुलाई अभिनय गर्न नआउने र त्यसका लागि मिहिनेत पनि नगर्ने आरोप लाग्दै आएको छ । अहिलेका जल्दाबल्दा अभिनेता अनमोल केसी समेत यसबाट अछुुतो छैनन् । 
फिल्मीखबर, काठमाडौं, 2019-05-10, शुक्रवार
नेपाली फिल्म 'काउसो'को अफिसियल ट्रेलर रिलीज भएको छ । सार्वजनिक ट्रेलर एक्सन तथा कमेडी छ । जेठ १७ गते देखि प्रदर्शन हुने यो फिल्ममा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारी लगाएतको अभिनय छ । कथा तथा निर्देशन मदन घिमिरे, पटकथा/संवाद भोजराज देवकोटाको रहेको छ भने संगीत बिकास चौधरी, द्वन्द्व शंकर महर्जन, नृत्य बिक्रम स्वाँर, छायांकन रामेश्वर हुमागाईँको र सम्पादन नबिन निरौलाको रहेको छ ।
फिल्मीखबर, काठमाडौं, 2019-05-09, बिहिवार
हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’ मा ‘धुर्मुस-सुन्तली’ को चरित्र निभाएपछि आम दर्शकमाझ चिनिएका सिताराम कट्टेल र कुञ्जना घिमिरे केही वर्षयता कलाकारिताबाट ब्रेक लिएर समाजसेवामा होमिएका छन् । दुईलाई लामो समयदेखि न टेलिभिजन स्क्रिनमा देखिएको छ न त सिल्भर स्क्रिनमा नै । बस्ती निर्माणपछि अहिले उनीहरु चितवनको भरतपुरमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेका छन् । 
Results : 9919 - 9924 of 24024
Most Visited News (monthly)