Most Recent News Headlines
Results : 9937 - 9942 of 24024

फिल्मीखबर, काठमाण्डौ, 2019-05-06, सोमवार
गत वर्षको अन्तिम फिल्म मध्येको एक ‘ए मेरो हजुर ३’ अहिले चौथो हप्तामा प्रदर्शनरत छ । गत वर्षको दशैंमा रिलिज भएको फिल्म 'छक्का पञ्जा ३' पछि खडेरी लागेको नेपाली फिल्मको व्यापारलाई चलायमान बनाएको यस फिल्मले पहिलो र दोस्रो हप्ता बक्सअफिसमा लोभलाग्दो व्यापार गर्यो । फिल्मले पहिलो हप्तामै ४ करोडमाथि व्यापार गरेको थियो । अहिलेसम्म फिल्मले ९ करोडको आँकडा छोएको हुनसक्ने फिल्म विश्लेषकको अनुमान छ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-05-06, सोमवार
उमेर पुगेका युवा-युवतीलाई परिवार र समाजले प्रायः लखेट्ने प्रश्न हो- ‘विवाहवारी कहिले गर्ने ?’ सम्भवतः यो प्रश्नबाट हरेक युवा-युवतीहरु गुज्रिएका छन् । जब विवाह हुन्छ तबदेखि फेरि अर्को प्रश्नले खेद्न सुरु गर्छ- ‘अब दुईबाट तीन कहिले हुने ?’ यो आम मानिसले मात्र होइन सेलिब्रेटीहरुले पनि समाना गर्नुपरेको र गर्दै आइरहेको प्रश्न हो । झन् बढी मिडियाले सोध्ने प्रश्नमा पर्दछ यो ।

एजेन्सी, मुम्बई, 2019-05-06, सोमवार
निर्देशक अली अब्बास जफरले सुपरहिट फिल्म 'एक था टाइगर' सिरिजको तेस्रो फिल्मको घोषणा गरेका छन् । उनी अहिले आफ्नो नयाँ फिल्म 'भारत' मा व्यस्त छन् । यसमा अभिनेता सलमान खान र अभिनेत्री कटरीना कैफ लिड रोलमा छन् । अली, सलमानका भरपर्दा निर्देशक हुन् । 'भारत' सँगै दुईको 'सुल्तान' र 'टाइगर जिन्दा हे' मा टिमअप भइसकेको छ ।

फिल्मीखबर, काठमाडौं, 2019-05-06, सोमवार
झण्डै ३ वर्ष अगाडि निर्माण भएको फिल्म हो- ‘पसिना’ । प्रदर्शनका लागि निर्माण टिमले पटक- पटक रिलिज डेट घोषणा गरेको भएता पनि विभिन्न कारणले प्रदर्शनमा आउन सकेको थिएन । मजदुरहरुको कथाव्यथामा आधारित भएर बनेको यो फिल्म अब यही बैशाख २७ गतेबाट देशभर प्रदर्शनका लागि तयार छ । फिल्ममा अभिनेता गौरव पहारी र अभिनेत्री अनु शाह लिड रोलमा छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2019-05-05, आईतवार
असार २० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के स्टारर फिल्म ‘सानो मन’ को पहिलो गीत सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘रानु कम्मर’ बोलको गीतको भिडियोमा बलिउड सुपरस्टार सलमान खानका पर्सनल डान्स ट्रेनर साजन सिंहले कोरियोग्राफी गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2019-05-05, आईतवार
द्वन्द्वकालमा विस्थापित भएर मधेशमा बसोबास गर्न आइपुगेका विभिन्न समुदाय विशेषगरी दलित समुदायमा हुने उतारचढाव तथा राज्यले गरेको विभेदमाथिको कथामा आधारित भएर फिल्म ‘भूइँफूल’ निर्माण हुने भएको छ । नेत्र छन्त्यालको निर्देशनमा बन्ने फिल्मको आइतवार राजधानीमा एक कार्यक्रमका बीच शुभ मुहूर्त गरिएको छ ।
Most Visited News (monthly)

