Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हेर्नूस्, कंगना-राजकुमारको ‘जजमेन्टल हे क्या ?’ ट्रेलर

एजेन्सी, मुम्बई, 2019/07/03
 
बलिउड अभिनेत्री कंगना रनौत र अभिनेता राजकुमार रावको प्रमुख भूमिका रहेको फिल्म ‘जजमेन्टल हे क्या ?’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सस्पेन्स, थ्रिलर र रोमान्सले भरिएको छ । सुरुवातदेखि अन्त्यसम्म ट्रेलर कन्फ्यूजनले भरिएको छ । ट्रेलरले दर्शकलाई फिल्मप्रति निकै उत्सुकता जगाउने देखिन्छ ।
 
दर्शकले कंगनाको लुक्स निकै मन पराएका छन् । राजकुमारको अभिनयको पनि प्रशंसा भइरहेको छ । कंगना (बोबी) र राजकुमार राव (केशव) को चरित्रबीचको टकरावमा फिल्म केन्द्रित रहेको ट्रेलरबाट स्पष्ट हुन्छ । फिल्ममा सतीश कौशिकको पनि महत्त्वपूर्ण भूमिका छ । ट्रेलर हेरेपछि दर्शकले फिल्म सुपरहिट हुने दाबी गरेका छन् । 
 
फिल्मको कहानी एक डबल मर्डरको बारेमा हो, जसलाई लिएर पुलिस अनुसन्धानमा छ । निकै लामो अनुसन्धानपछि पुलिस अन्तिम निष्कर्षमा पुग्छ कि कंगना वा राजकुमारमध्ये एकले यो मर्डर गरेका हुन् । ट्रेलरमा कंगनाको लुक्स निकै रोचक छ । फिल्म २६ जुलाईमा रिलिज हुँदैछ । प्रकाश कोवेलामुडीले फिल्मको निर्देशन गरेका हुन् । 
 
कनिका ढिल्लोले फिल्मको कथा लेखेकी हुन् । फिल्म प्रोडक्शन हाउस बालाजीको तल बनेको छ । यसअघि फिल्मको नाम 'मेन्टल हे क्या' थियो । तर, विवादका कारण निर्माण टिमले नाम परिवर्तन गर्‍यो । 'क्वीन' पछि कंगना रनौत र राजकुमार रावले दोस्रो पटक काम गरेका हुन् । दुईको जोडीलाई फेरि एकपटक पर्दामा हेर्न रोचक हुने देखिन्छ । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)