Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9901 - 9906 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-05-15, बुधवार

चलचित्र पत्रकार संघ, नेपालको जेठ १ गते बुधबार बसेको कार्यसमिति बैठकले ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार – २०७६’ को घोषणा गरेको छ । चलचित्र पत्रकार संघ नेपालका सदस्य तथा इमेज एफएम र हिमालय टेलिभिजनमा कार्यरत नरेश भट्टराई र संघका सदस्य तथा भिजनसंसार डटकमका सम्पादक श्याम स्मृतलाई चलचित्र पत्रकारिता सम्मान प्रदान गरिने भएको छ । भट्टराई र स्मृतलाई चलचित्र पत्रकारितामा पुर्‍याएको योगदानको कदर गर्दै संघले सम्मान गर्न लागेको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2019-05-15, बुधवार

नेपाल संसारको यस्तो पहिलो देश होला, जहाँ फिल्म फ्लप भए पनि कलाकारको पारिश्रमिक घट्दैन । झन् बढ्छ । दर्शकले पत्याएका केही सीमित कलाकारलाई आफू अभिनीत फिल्म फ्लप भए पनि कुनै सुर्ता हुन्न । किनकि, त्यसले पारिश्रमिक घटाउँदैन । झन् एउटा फिल्म राम्रो चलिदियो भने त के चाहियो र ! आधा करोड नै डिमाण्ड गर्न थाल्छन् । अभिनेता पुष्प खड्का यसका एक उदाहरण हुन् । 

एजेन्सी, मुम्बई, 2019-05-15, बुधवार

फिल्मले जुराएको रियल जोडी रणवीर सिंह र दीपिका पादुकोणले 'गोलियो की रासलीला : रामलीला', 'पद्मावत' र 'बाजीराव मस्तानी' मा एकसाथ काम गरेका छन् । 'रामलीला' बाट उनीहरुको प्रेम झाँगिएको थियो । गत वर्ष दुईले लगनगाँठो कसे । तर, आजसम्म उनीहरुले अभिनय गरेको कुनै फिल्मकोे ह्याप्पी इन्डिङ भएको छैन । 

फिल्मीखबर, काठमाण्डौ, 2019-05-15, बुधवार

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘रणवीर’ बाट डेब्यू गरेकी अभिनेत्री हुन्- सुपुष्पा भट्ट । फिल्ममा उनको अभिनय र सुन्दरताले धेरैलाई मन्त्रमुग्ध बनाएको थियो । यद्यपि, फिल्मले भने बक्सअफिसमा खासै कमाल गरेन । साउथ इण्डियन शैलीमा निर्माण गरिएको फिल्मको 'वर्ड अफ माउथ' राम्रो थियो । तर, फिल्म हेर्न दर्शकले जाँगर नै चलाएनन् । फिल्म असफल भएपछि टिमभित्र कलह सुरु भएको थियो । 

फिल्मीखबर, काठमाण्डौ, 2019-05-15, बुधवार

सेलिब्रेटी पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतम हिरोइन बनेको फिल्म ‘अनुराग’ गत वर्ष प्रदर्शनमा आएको थियो । श्रीमतीको सानैदेखिको हिरोइन हुने चाहना पूरा गर्न पत्रकार धमलाले आफ्नै लगानीमा फिल्म बनाएका थिए । पर्दामा एलिजाले नव-अभिनेता समुन्द्र पण्डितसँग रोमान्स गरेकी थिइन् । रिलिजपूर्व फिल्मले ठिकठाक व्यापार गर्ने कतिपयको अनुमान थियो । 

फिल्मीखबर, काठमाण्डौ, 2019-05-15, बुधवार

करीब ३ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म हो- ‘बीर विक्रम’ । यसका निर्माता तथा निर्देशक हुन्- मिलन चाम्स । यो फिल्मले बक्सअफिसमा औसत व्यापार गरेको थियो । यही फिल्मको नामको पछाडि २ झुण्ड्याएर निर्देशक चाम्सले ‘बीर विक्रम २’ बनाएका छन्, जुन यही शुक्रवारबाट देशभर प्रदर्शनमा आउँदैछ । तर, यो फिल्म सिक्वेल नभएर सिरिज रहेको चाम्स बताउँछन् ।

Results : 9901 - 9906 of 24024
Most Visited News (monthly)