
अमेरिकामा दर्ता भएर संसारका विभिन्न देशहरुमा शाखा विस्तार गरेको अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको केन्द्रीय समिति पुनर्गठन गरिएको छ । गीत-संगीत, कला-साहित्य र लोक-संस्कृतिका लागि विगत एक दशकदेखि कार्यरत कलाकारहरुको अन्तर्राष्ट्रिय स्वतन्त्र संगठनमा सिनियरदेखि जुनियरसम्म र अमेरिकादेखि नेपाली कलाकारसम्म समेटिएका छन् ।

अभिनेता पल शाहको नाममा तीन सुपरहिट फिल्म छ । उनको डेब्यू फिल्म 'नाइँ नभन्नू ल ४' ले बक्सअफिसमा राम्रो पैसा छापेको थियो । दोस्रो फिल्म 'म यस्तो गीत गाउँछु' पनि हिट भयो । तेस्रो फिल्म 'जोनी जेन्टलम्यान' भने टाइटनिकझैँ डुब्यो । चौथो फिल्म 'शत्रु गते' ब्लकबस्टर साबित भएको थियो । तर, यो फिल्मको सफलताको जस उनको पोल्टामा परेन ।

गएको फागुनमा प्रदर्शनमा आएको अभिनेता अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ बाट अभिनेत्री उपासना सिंह ठकुरीले राम्रो सम्भावना देखाएकी थिइन् । उनको स्वभाविक अभिनय र सुन्दरताको चौतर्फी प्रशंसा भएको थियो । अनमोल र उनको केमेस्ट्रीलाई पनि दर्शकले निकै रुचाएका थिए । यद्यपि, फिल्मले बक्सअफिसमा खासै कमाल देखाउन सकेन । ‘क्याप्टेन’ को ‘रहर छ सँगै’ बोलको गीतबाटै उनी दर्शक र फिल्मकर्मीको नजरमा परेकी थिइन् ।

अभिनेता शुशील श्रेष्ठ स्टारर फिल्म ‘लभ डायरिज’ को प्रदर्शन मितिसँगै फस्टलुक पोस्टर सार्वजनिक भएको छ । आउँदो असोज ३ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको दुई पोस्टरमा नव-अभिनेत्री रुविना थापासँग अभिनेता शुशील रोमान्टिक अवतारमा देखिएका छन् । एक पोस्टरमा उनले आफ्नो सिक्स प्याक शरीर पनि देखाएका छन् ।

अन्ततः ‘कबड्डी’ को तेस्रो सिरिजका लागि कलाकारको लाइनअप पूरा भएको छ । लामो समयदेखि फिल्ममा अभिनेता प्रदीप खड्काको प्रवेश हुने चर्चा थियो । आफूलाई ‘स्टार’ बनाएको ‘प्रेमगीत’ को तेस्रो सिरिजमा व्यस्त हुने भएपछि उनले ‘कबड्डी कबड्डी कबड्डी’ बाट हात झिकेका छन् । उनको ठाउँमा अभिनेता कर्मा भित्रिएका छन् । अभिनेता दयाहाङ राई यथावत छन् ।

अहिलेका जल्दाबल्दा अभिनेता अनमोल केसीको डेब्यू फिल्म हो- ‘होस्टेल’ । उनीसँगै सलोन बस्नेत र गौरव पहारीले पनि यही फिल्मबाट डेब्यू गरेका थिए । फिल्म बक्सअफिसमा हिट साबित भएको थियो । यो फिल्म सफल हुनुको कारण अनमोललाई मान्ने गरिन्छ । तर, दोस्रो सिरिजमा उनी दोहोरिएनन् । उनलाई शुशील श्रेष्ठले रिप्लेस गरे ।

