Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सानो मन’ को शिर्ष गीत गाउनेलाई गीत रेकर्ड गर्ने मौका

फिल्मीखबर, काठमाण्डौ, 2019/07/03
असार २७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के स्टारर फिल्म ‘सानो मन’ टीमले प्रचार-प्रसारलाई प्रभावकारी बनाउन निकै मेहनत गरेको छ । टीमले राजधानीदेखि मोफसलसम्म फिल्मको प्रचार भ्याइसकेको छ । म्यूजिकल लभस्टोरीमा निर्मित चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । 
 
यसैबीच, गीतसंगीत र ट्रेलरका कारण चर्चामा रहेको चलचित्रले एक कन्टेस्टको घोषणा गरेको छ । यस चलचित्रको शिर्ष गीत गाएको भिडियो पठाउने मध्ये उत्कृष्ट एक जनाले गायक रोहितजोन क्षेत्रीसँग गीत गाउन पाउनेछन् भने उक्त गीतको भिडियो पनि ‘सानो मन’ टीमले निर्माण गर्नेछ । निर्णायकमा गायक क्षेत्री स्वयं छन् । नयाँ प्रतिभालाई प्रोत्साहन गर्न यो कन्टेस्टको घोषणा गरिएको बताइएको छ ।
 
 
शिर्ष गीतमा रोहित जोन क्षेत्रीको स्वर तथा स्वप्निल शर्माको शब्द छ । सुयोग सोताङ्गले संगीत भरेका छन् । युट्युबमा यस गीतको भिडियोलाई दर्शकले निकै रुचाएका छन् । यो चलचित्रमा सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय छ । सुयोग गुरुङ र मिलन श्रेष्ठले सम्पादन गरेका छन् । 
 
ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो चलचित्र निर्माण भएको हो । समिर सुनुवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको ‘सानो मन’ लाई आलोक शुक्लाले छायांकन गरेका छन् । यस फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक हुन् भने प्रोडक्सन म्याजेनर यम प्रसाद ओली हुन् ।
 
यस्तो छ शिर्ष गीत :-

Most Visited News (monthly)