Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘धुर्मुस-सुन्तली’ को फिल्ममा रामबाबु निर्देशक

फिल्मीखबर, काठमाण्डौ, 2019/07/03
 
एक समय टेलिभिजनको दुनियाँमा बलियो साम्राज्य बनाएको जोडी हो- सिताराम कट्टेल र कुञ्जना घिमिरे । हास्य टेलिसिरियल 'मेरी बाँस्सै' मा लामो समय दुईले ‘धुर्मुस-सुन्तली’ को भूमिकामार्फत् दर्शक रिझाए । वि.सं २०७२ को महाभूकम्पपछि अभिनयबाट दूरी बनाएर उनीहरु समाजसेवामा लागे । चार ठाउँमा नमुना बस्ती निर्माण गरिसकेका 'रियल कपल' हाल भरतपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणमा जुटेका छन् । 
 
समाजसेवामा होमिएपछि सिताराम र कुञ्जना न टेलिभिजनको पर्दामा देखिएका छन् न त फिल्ममा नै । सामाजिक कार्यसँगै अभिनयलाई पनि निरन्तरता दिन दर्शक र चलचित्रकर्मीहरुको आग्रहपश्चात् दुई केही समययता फिल्म निर्माणको तयारीमा छन् । स्क्रिप्ट लेखनको सुरुवाती चरणमा फिल्मको नाम ‘एन्टीभाइरस’ राखिएको थियो । पछि ज्योतिषीले ‘एस’ बाट नाम जुराउन सल्लाह दिएपछि फिल्मको नाम ‘सेन्टीभाइरस’ बनाइएको जानकारी प्राप्त छ ।
 
गत वर्ष सिताराम आफ्नो जन्मदिनमा फिल्मको औपचारिक निर्माण घोषणा गर्ने तयारीमा थिए । तर, निर्देशक र कलाकार फाइनल नभएका कारण थाती राखे । यसपछि सिताराम र कुञ्जना क्रिकेट रंगशाला निर्माणमा लागे र फिल्म निर्माण थन्कियो । अब भने दुईले फिल्म निर्माणलाई अगाडि बढाएका छन् । यसअघि कुञ्जना स्वयंले निर्देशन गर्ने चर्चा भएको फिल्ममा 'कबड्डी' सिरिजका निर्देशक रामबाबु गुरुङको प्रवेश भएको छ । 
 
केही दिन अगाडि ‘धुर्मुस-सुन्तली’ ले निर्देशकको रुपमा फिल्ममा रामबाबुलाई अनुबन्ध गरेको गोप्य स्रोतले फिल्मीखबरलाई जानकारी दिएको छ । यस विषयमा निर्माण टिमले भने कुनै जानकारी दिएको छैन । रामबाबुले आफ्नो पाइपलाइनमा रहेको फिल्म भ्याएपछि यो फिल्म गर्ने सम्झौता भएको स्रोत बताउँछ । फिल्ममा ‘धुर्मुस-सुन्तली’ को प्रमुख भूमिका रहनेछ । लिड रोलमा अभिनेता प्रदीप खड्कालाई अफर गरिएको छ । तर, उनले गर्ने/नगर्ने तय भएको छैन । 
Most Visited News (monthly)