Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9889 - 9894 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-05-17, शुक्रवार

फिल्म निर्मात्री तथा चलचित्र विकास बोर्डकी निवर्तमान अध्यक्ष निकिता पौडेल र चर्चित सञ्चारकर्मी रवि लामिछानेले लगनगाँठो कसेका छन् । शुक्रवार दिउँसो नगरकोटको होटल मिष्टिक माउन्टेनमा परिवारका सदस्य र आफन्तको उपस्थितिमा रविले निकिताको सिउँदो भरेका हुन् । दुई पक्षका निकै नजिकका आफन्त मात्र विवाह समारोहमा सहभागी थिए । 

फिल्मीखबर, काठमाण्डौ, 2019-05-17, शुक्रवार

यही जेष्ठ ३१ गतेबाट दर्शक भेट्न तयार रहेको अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की स्टारर फिल्म ‘प्रेम दिवस’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । प्रेम, विछोड र रोदनले भरिएको ट्रेलरमा अभिनेत्री प्रियंकाको दोहोरो प्रेम देखाइएको छ । उनी, आयुष्मान र नव-अभिनेता विशाल खरेलको प्रेममा हराएकी छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-05-17, शुक्रवार

साढे २ वर्ष अगाडि प्रदर्शनमा आएको व्यावसायिक र समीक्षात्मक सफलता हासिल गर्न सफल फिल्म ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ शुक्रवारबाट देशैभर प्रदर्शनमा आएको छ । फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । रिलिजपूर्वको चर्चा र गीतसंगीतसँगै ट्रेलरले निर्माण गरेको हाइपका कारण फिल्मले बक्सअफिसमा राम्रो पैसा छाप्ने ट्रेड एनालिस्टहरुको अनुमान छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-05-17, शुक्रवार

भर्सटायल अभिनेता अर्पण थापा निर्देशित हरर फिल्म ‘घर’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्देशक थापा स्वयंको प्रमुख भूमिका रहेको फिल्म आउँदो साउन ३ गतेबाट देशभर प्रदर्शनमा आउने निर्माता मध्येका एक दीपेन्द्र के. खनालले जानकारी दिएका छन् । निर्माण टिमले प्रदर्शन मितिसँगै फिल्मको फस्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ । 

एजेन्सी, मुम्बई, 2019-05-17, शुक्रवार

भर्सटायल अभिनेत्री तब्बूले ५ जूनमा रिलिज हुन लागेको बलिउड सुपरस्टार सलमान खान स्टारर फिल्म ‘भारत’ मा महत्त्वपूर्ण भूमिका निभाएकी छन् । तर, उनले फिल्मको पब्लिसिटीमा नहिँड्ने घोषणा गरेकी छन् । खासमा, फिल्ममा उनको निकै छोटो रोल छ । फिल्ममा एक सिन मात्र रहेको उनले बताएकी छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-05-17, शुक्रवार

हरेक हप्ताको शुक्रवार बक्सअफिसमा दुईभन्दा बढी फिल्मको भिडन्त हुनु अब सामान्य भइसकेको छ । अहिले कुनै फिल्मले सोलो रिलिज पाउनु भनेको मरुभूमिमा पानी भेटिनुजस्तै हो । ठूला ब्यानर र गिनुचुनेका कलाकारका फिल्मले समेत सोलो रिलिज पाउन छाडिसकेका छन् । बेला बखतमा प्रतिक्षीत मानिएका फिल्म भिड्दा भने फिल्मवृतमा ठूलै तरंग उत्पन हुने गरेको छ । 

Results : 9889 - 9894 of 24024
Most Visited News (monthly)