
प्रसिद्ध छायाँकार हरि हुमागाईंको पहिलो निर्देशकिय फिल्म ‘सरौतो’ संविधान दिवसको अवसर पारेर आउँदो असोज ३ गतेबाट मुलुकभर प्रदर्शनमा आउने भएको छ । प्राविधिकको समय र वितरकसँगको छलफल पश्चात् फिल्मको प्रदर्शन मिति घोषणा गरिएको निर्देशक हुमागाईंले बताए । फिल्मले बदलाको कथा वाचन गरेको छ ।

रिलमा मात्र होइन रियलमा पनि चुलबुले स्वभावकी अभिनेत्री हुन्- पूजा शर्मा । सुदर्शन थापा निर्देशित फिल्म 'प्रेमगीत' बाट लाइमलाइटमा आएकी उनी अहिलेकी डिमान्डेड र महँगी अभिनेत्री मध्येकी एक हुन् । हालै उनले फिल्म 'पोई पर्यो काले' मा २० लाख पारिश्रमिक लिएको चर्चा छ । यसअघि फिल्म 'सम्हालिन्छ कहिले मन' मा १५ लाख पारिश्रमिक बुझेकी थिइन् ।

करीब साढे २ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ यही शुक्रवार देशभर प्रदर्शनमा आउँदैछ । यो फिल्मप्रति दर्शकमा ठूलो अपेक्षा छ । पहिलो फिल्मले व्यावसायिक र समीक्षात्मक सफलता हात पारेको थियो । सिक्वेलले यो विरासत धान्न सक्ला वा नसक्ला ? धेरैका लागि चासोको विषय बनेको छ । फिल्मका निर्देशक प्रदीप भट्टराई हुन् ।

एक समय नेपाली फिल्ममा एकछत्र राज गरेका अभिनेता हुन्- शिव श्रेष्ठ र भुवन केसी । दुईलाई एक जमना एकअर्काका प्रतिस्पर्धी पनि भन्ने गरिन्थ्यो । यद्यपि, दुईले काम गर्ने फिल्मको जनरा भने फरक थियो । भुवन बढी लभस्टोरी फिल्म गर्न रुचाउँथे भने शिवले आफूलाई एक्सन हिरोको रुपमा स्थापित गरेका थिए । दुईलाई कुनै समय नेपाली फिल्मको धरोहर मानिन्थ्यो ।



