Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुरुस्तै कपिल देव देखिए रणवीर!

फिल्मीखबर, काठमाण्डौ, 2019/07/06
 
बलिउडका एनरजेटिक र ट्यालेन्टेड एक्टर रणवीर सिंहको शनिबार (आज) बर्डथे हो । उनले आफ्नो बर्थडेको विशेष अवसरमा आफ्नो नयाँ फिल्म '८३' को पहिलो पोस्टर साझेदार गरेका छन् । पोस्टरमा उनलाई हुबहु क्रिकेटर कपिल देव देखिएको छ । फिल्ममा उनी कपिलको भूमिकामा छन् । प्रशंसकलाई उनको लुक्स निकै मन परेको छ भने निकै तारिफ पनि गरेका छन् । 
 
फिल्मको पोस्टरमा रणवीरले सोतो जर्सी लगाएका छन् र हातमा बल छ । फर्स्टलुक साझेदार गर्दै उनले लेखेका छन्, 'मेरो विशेष दिनमा प्रेजेन्ट गर्दछु हरियाणाका तूफान कपिल देव ।' यो फिल्म वर्ष १९८३ मा भएको वर्ल्ड कपमा आधारित छ । रणवीर अहिले फिल्म '८३' को छायांकनका लागि लण्डनमा छन् । फिल्ममा उनको श्रीमतीको भूमिकामा रियल श्रीमती दीपिका पादुकोण छिन् । 
 
लण्डनमा छायांकनमा जानुअघि रणवीर दिल्लीमा कपिल देवको घर पुगेर १० दिन बसेका थिए, जसबाट उनी कपिल देवको बारेमा अरु कुरा थाहा पाउन सकुँन् । यो फिल्ममा कपिल देवको जर्नीको बारेमा बताइनेछ, जसले सन् १९८३ मा लण्डनमा भारतलाई वर्ल्ड कप जिताएका थिए । यो फिल्मलाई कबीर खानले निर्देशन गर्दैछन् । फिल्ममा पंकज त्रिपाठीको पनि अभिनय रहनेछ । 
 
अभिनेत्री दीपिकाले यो फिल्ममा कपिल देवकी श्रीमती रोमी भाटियाको भूमिका निभाउँदैछिन् । फिल्मको कहानीमा एक सिन यो पनि छ, जब भारतको विकेट गिर्न लाग्छ तब उनी स्टेडियमबाट निक्लिएर जान्छिन् । जब उनी फर्किन्छिन् तब भारतले खेल जित्न थाल्छ । यसअघि रणवीर र दीपिकाले 'गोलियो की रासलीला : रामलीला', 'पद्मावत' र 'बाजीराव मस्तानी' मा एकसाथ काम गरेका छन् ।
Most Visited News (monthly)