Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9883 - 9888 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-05-19, आईतवार

ठूलो संख्यामा फिल्म निर्माण हुने सिजन हो- बैशाख र जेठ । पानीले असर नगर्ने भएका कारण निर्माता/निर्देशकहरु यो महिनालाई फिल्म छायांकनका लागि उत्तम मान्दछन् । गत वर्ष मात्र यो मौसममा करीब ३ दर्जन बढी फिल्म फलोरमा थिए । तर, यस वर्ष आधा दर्जन फिल्म पनि फ्लोरमा छैनन् । यसको प्रमुख कारण फिल्मकर्मीले लगातार फिल्म असफल हुनु र कलाकारको पारिश्रमिक बढ्नुलाई मानेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2019-05-19, आईतवार

राजु अधिकारीको निर्देशनमा फिल्म ‘माया बस्छ कि के हो ?’ निर्माण हुने भएको छ । आइतवार राजधानीका एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको फिल्ममा लिड रोलमा नयाँ कलाकारको अभिनय रहनेछ । फिल्ममा सोनाल तामाङ र कस्मता निरौलाले स्क्रिन साझेदार गर्दैछन् । यो दुबैको डेब्यू फिल्म हो । 

फिल्मीखबर, काठमाण्डौ, 2019-05-18, शनिवार

अभिनेता द्वय पल शाह र नाजिर हुसेन स्टारर फिल्म ‘बीर विक्रम २’ ले प्रदर्शनको पहिलो दिन (शुक्रवार) अपेक्षाकृत व्यापार गर्न सकेन । शनिवार भने फिल्मले व्यापारमा पहिलो दिनको तुलानामा निकै ठूलो फड्को मारेको छ । शनिवार फिल्म देशैभर हाउसफुलका साथ प्रदर्शन भइरहेको रिपोर्ट प्राप्त छ । फिल्मको मल्टीप्लेक्स स्क्रिनभन्दा सिंगल थिएटरमा व्यापार राम्रो छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-05-18, शनिवार

शुक्रवारबाट देशभर प्रदर्शनमा आएको मल्टीस्टारर फिल्म ‘जात्रै जात्रा’ ले बक्सअफिसमा बम्पर ओपनिङ गरेको छ । प्रदर्शनको पहिलो दिन देशभर ६० देखि ७० प्रतिशतको आसपासमा ओपनिङ अकुपेन्सी कायम गरेको फिल्म शनिवार बिहानैदेखि शतप्रतिशत अकुपेन्सीका साथ प्रदर्शन भइरहेको छ । 'वर्ड अफ माउथ' बलियो भएका कारण फिल्म हेर्ने दर्शकको ठूलो भीड हलमा ओर्लिएको छ । 

एजेन्सी, मुम्बई, 2019-05-18, शनिवार

बलिउडका खिलाडी अक्षय कुमार स्टारर फिल्म 'लक्ष्मी बोम्ब' को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको हो । फिल्मको पहिलो पोस्टरमा अक्षयलाई निकै अलग र अद्वितीय अवतारमा देख्न सकिन्छ । यो फिल्म तमिल फिल्म 'कञ्चना' को हिन्दी रिमेक हो । फिल्ममा अक्षयसँगै लिड रोलमा कियारा आडवाणी हुनेछिन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-05-18, शनिवार

विवाहपछि अभिनेत्रीको करिअर पाखा लाग्छ भनिन्छ । एकाधबाहेक प्रायः अभिनेत्री घरजम जोडेपछि लगभग फिल्मबाट टाढिएका छन् । फिल्मबाट टाढिनु रहरभन्दा पनि बाध्यता हो । किनकि, विवाहित अभिनेत्रीलाई लिएर फिल्ममेकर जोखिम उठाउन चाहँदैनन् । अनि, फिल्म नै हातमा नपरेपछि फिल्म क्षेत्रलाई बाई-बाई गर्नुको अरु के नै पो विकल्प हुन्छ र ?

Results : 9883 - 9888 of 24024
Most Visited News (monthly)