Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 5.00/5.00)
Text size:-
+
-

भट्टी साहुनी दीपाश्रीसँग आर्यनको ठुम्का (फोटोसहित)

फिल्मीखबर, काठमाण्डौ, 2019/07/08
साउथ सुपरस्टार प्रभास अभिनीत फिल्म ‘साहो’ का कारण पूर्वघोषित मिति (साउन ३०) बाट एक हप्ता पछाडि सरेर भाद्र ६ पुगेको भेट्रान निर्देशक विकासराज आचार्य निर्देशित फिल्म ‘हजार जुनीसम्म’ को पहिलो गीत ‘एमजी रोडैमा’ सार्वजनिक भइसकेको छ । यो गीतलाई दर्शकले निकै मन पराएका छन् । अब, निर्माण टिम केही दिनमा दोस्रो गीत सार्वजनिक गर्ने तयारीमा छ ।
 
 
 
दोस्रो गीतमा दीपाश्री निरौला र आर्यन सिग्देललाई देख्न सकिनेछ । दुईको नृत्य रहेको गीतको केही अचल तश्विरहरु निर्माण टिमले सार्वजनिक गरेको छ । प्राप्त तश्विरमा आर्यन र दीपालाई नृत्य गरिरहेको देख्न सकिन्छ । गीतमा शिवहरी पौडेल पनि फिचर्ड छन् । दीपाश्री गीतमा भट्टी साहुनीको भूमिकामा छिन् । उनी पहिलो पटक आइटम गीतमा देखिन लागेकी हुन् । ‘हजार जुनीसम्म’ मा उनको अभिनय भने छैन । 
 
‘आज नगद भोली उधारो’ बोलको गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का, नव-नायक अक्की प्रधान, उत्तम केसीलगायतलाई पनि देख्न सकिनेछ । कविराज गहतराजले कोरियोग्राफी रहेको गीतलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् । केही दिनमा उक्त गीत युट्युब रिलिज हुनेछ । बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा प्रल्हाद तिमिल्सिना, मिना निरौला र दीपाश्रीको स्वर छ । 
 
 
 
यो फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । उनलाई निर्देशक आचार्यले सघाएका छन् । फिल्ममा संचिता लुइँटेल, प्रियंका कार्की, अनुभव रेग्मी, सलोन बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय छ । यसमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत र अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् भने यसमा विशाल चाम्लिङ निर्मातामा छन् ।
Most Visited News (monthly)