Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

टीजरमा यस्तो छ प्रेम र द्वन्द्वको ‘लभ यू हमेशा’ (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/07/21
रोमान्टिक लभस्टोरी जनरामा निर्माण भएको अभिनेता यशराज गरच र नव-अभिनेत्री ऋचा थापा स्टारर फिल्म ‘लभ यू हमेशा’ को नयाँ प्रदर्शन मितिसहित अफिसियल टीजर सार्वजनिक भएको छ । यसअघि भाद्र ६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म पोस्टपोन्ड भएर भाद्र २७ मा पुगेको छ । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको निर्माण टिमले बताएको छ । 
 
 
शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको टीजरमा प्रेम, रोमान्स, धोका र द्वन्द्वको कथा देखाइएको छ । भाष्कर प्रधान निर्देशित फिल्ममा फिजा योन्जन, शिशिर राणा, गोपाल ढकाल (छन्दे), पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङको पनि अभिनय छ । फिल्ममा निर्देशक भास्करको कथा र शिव ढकालको छायांकन छ । 
 
धर्मा क्रिएसनको ब्यानरमा यवन गुरुङको प्रस्तुति र मिलन गुरुङ सह-निर्माता रहेको यो फिल्म भारतको कालेबुङ, सिलगुडी तथा काठमाडौंमा खचिएको छ । फिल्मका केही दृश्य सिंगापुर र फिलिपिन्समा पनि खिचिँदैछ । एनवि महर्जनको द्वन्द्व निर्देशन, भासुको संगीत, कमल राईको कोरियोग्राफी रहेको यस फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ ।
 
टीजर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता यशराजले फिल्मको कथावस्तु राम्रो लागेका कारण अभिनय गरेको बताए । उनी भन्छन्, 'स्क्रिप्ट सुनेपछि यो फिल्म छाड्नुहुन्न भन्ने लागेको थियोे । मेरो भूमिका पनि राम्रो छ । दर्शकलाई फिल्मले निराश बनाउँदैछ ।' डेब्यू फिल्मबाट निकै आशावादी रहेकी नव-अभिनेत्री ऋचा आफूलाई दर्शकले अभिनेत्रीको रुपमा स्वीकार गर्नेमा विश्वस्त छिन् । 
टीजर हेर्नुहोस् :-

Most Visited News (monthly)