Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सरौतो’ टीजर रिलिज, सुमीको जबरजस्त एक्सन (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/07/20
महिला केन्द्रित फिल्म बताइएको ‘सरौतो’ को टीजर सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको ‘कुले दाई’ बोलको गीतले फिल्मको हाइप निर्माणमा महत्त्वपूर्ण भूमिका खलिरहेको अवस्थामा निर्माण टिमले शुक्रबार साँझ एक्सनयूक्त टीजर सार्वजनिक गरेको हो । टीजरमा अभिनेत्री सुमी मोक्तानलाई जबरजस्त एक्सन अवसरमा देख्न सकिन्छ । अभिनेता सन्नी सिंहसँग उनको लभ र रोमान्सलाई पनि विशेष स्थान दिइएको छ । 
 
 
टीजरले फिल्मप्रति दर्शकमा कौतुहलता जगाउने देखिन्छ । बदलाको कथा भनिएको यो फिल्ममा लियो ट्यांक, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङ लगायतको अभिनय रहेको छ । फिल्मका निर्देशक हरी हुमागाईं हुन् । कुशल छायाँकारको रुपमा आफूलाई स्थापित गरेका उनको यो डेब्यू निर्देशित फिल्म हो । 
 
बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कलर प्रविन मानन्धर, ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो, शंकर महर्जनको एक्सन रहनेछ । यसमा राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत रहेको छ भने राजन, पुष्पन र कमलसँगै मिलन अमात्य, श्रेया सोताङले स्वर दिएका छन् । 
 
काठमाडौँसँगै तराईको स्थानमा यसको छायांकन गरिएको छ । कात्तिक २२ मा रिलिज हुने फिल्मलाई उपत्यकामा गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ । निर्देशक हुमागाईंले रिभेन्ज स्टोरीमा फिट हुन सुमीले एक्सनमा निकै मेहनत गरेको बताए । सुमीले फिल्ममा आफूले एक्सन र लभर गर्लको भूमिका निर्वाह गरेको बताइन् । उनी भन्छिन्, 'एक्सनमा फिट हुन निकै मेहनत गरेकी छु । टीजरमार्फत् फिल्मले आफ्नो नामलाई प्रस्ट्याउने विश्वास छ ।'
 
टीजर हेर्नुहोस् :-

Most Visited News (monthly)