यही साउन १० गतेबाट देशभर प्रदर्शनमा आउन लागेको पारिवारिक प्रेमकथामा आधारित बताइएको फिल्म ‘एकलव्य’ को दोस्रो गीत सार्वजनिक भएको छ । अघिल्लो गीत ‘पूर्वै चल्नेया रेल...’ लाई दर्शकले रुचाएपछि निर्माण टिमले ‘मलाई बनायौ किन ?’ बोलको नयाँ गीत सार्वजनिक गरेको हो ।
.jpg)
युवराज चौलागाई र मेलिना राईको स्वर रहेको गीतमा शब्द तथा संगीत राजेन्द्र बजगाईंको छ । प्रेम भाव बोल्ने गीतमा फिल्मका प्रमुख अभिनेता सोनाम थापामगर र अभिनेत्री ओसन भट्टराई फिचर्ड छन् । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । फिल्म ‘एकलव्य’ का निर्देशक अनमोल शर्मा हुन् ।
उनका अनुसार, फिल्मले समाजका विभिन्न अपराधिक घटनालाई उठाइएको छ । सोनाम र ओसिन भट्टराईसँगै पुष्कर राउत, शुशिल पोखरेल, शुष्मा कार्की, महिला सिलवाल, राजेन्द्र दुलाल, बिराग लोगुनसहितको मुख्य भूमिका रहेको छ । ‘एकलव्य’ लाई राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरले निर्माण गरेका हुन् ।
फिल्ममा कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको गीत/संगीत, भोजराज देवकोटाको पटकथा सम्बाद, कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन रहेको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा अभिनेता सोनामले ‘एकलव्य’ उत्कृष्ट बनेको दाबी गर्दै दर्शकलाई हेर्न आग्रह गरे ।
गीत हेर्नुहोस् :-

